दलित माथि हुने ज्यादती अब सह्य नहुने : दलित अभियान्ता सुनार

12
SHARES
65
VIEWS

निराजन भण्डारी अछाम । दलितका लागि दलित अभियान नेपालका संयोजक खकेन्द्र सुनारले राजनितिक तथा सामाजिक रुपमा दलितलाई कमजोर पार्ने काम भईरहेको बताउनुभएको छ ।

कमलबजारमा भएको वृहत जागरण सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै सुनारले दलित माथि हुने सबै खाले विभेदको अन्त्य हुनुपर्ने बताउदै विभेदको अन्त्य नभएसम्म सामाजिक न्याय र दलित अधिकारका लागि आफु लडिरहने बताउनुभयो ।

कमलबजार दलित एकता समाज अछामका अध्यक्ष मिलन नेपालीको अध्यक्षतामा भएको कार्यक्रम बोल्दै संयोजक सुनारले दलितहरुले पनि आफनो हक अधिकार प्राप्त गर्न सक्रियता देखाउनु पर्ने बताउँदै सुनारले विगतमा सबै राजनितिक पाटीहरुलाई मतदान गर्दा पनि उनीहरुले दलितको मतको कदर गर्न नसकेको भन्दै यसपछिका निर्वाचनमा दलित समुदायले दलितलाई मात्र मतदान गर्नुपर्ने वातावरण सिर्जना हुन सक्ने चेतवानी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार