अछाममा भरुवा बन्दुक सहित २ जना पक्राउ

139
SHARES
770
VIEWS

अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय बगुडाठाँटी, अछामबाट खटिएको प्रहरी टोलीले मेल्लेख गाउँपालिका–२ डाँडाश्री पाटन बस्ने ६८ वर्षको मने बहादुर धामीको घर गोठमा खानतलासी गर्दा गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १, सोही बन्दुकमा प्रयोग हुने केप १ थान र सोही ठाउँ बस्ने ४९ वर्षीय लाल सिहं धामीको गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला फेला पारी दुबै जनालाई पक्राउ गरिएको हो ।

उक्त हतियार र छालासहित दुवै जनालाई नियन्त्रणमा लिएको र सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार