टेक बहादुर थापा । अपांग उत्थान समुह अछामले मंगलसेन नगरपालिका भित्रका जनप्रतिनिधि तथा अन्य सरोकारवाला संग एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अपांगहरुका समस्या र चुनौतीका बारेमा जानकारी गराउने तथा आगामी बजेटमा अपांगता भएका व्यक्तिहरुलाई उचित स्थान दिन आग्रह गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा अछाम जिल्लामा अपांगता भएका व्यक्तिहरुको अवस्था, अपांगता भएका व्यक्तिहरुले भोगी रहेका समस्याका बारेमा छलफल गरिनुका साथै अपांगता परिचय पत्र दिदा ध्यान दिनुपर्ने कुरामा बारेमा समेत छलफल गरिएको थियो ।
अपांग उत्थान समुह अछामका अध्यक्ष जंग बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले सिमित स्रोत साधनका बाबजुदपनि अपांग उत्थान समुह अछामले अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
आगामी बजेटमा अपांगता भएका व्यक्तिका समस्या समाधान गर्नका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, विभिन्न वडाका अध्यक्ष, कर्मचारी, अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण सिबिएस कार्यक्रम संयोजक शंकर विकले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कार्यालय सचिव दुर्गा कुमारी तिरुवाले गर्नुभएको थियो ।













Discussion about this post