टेक बहादुर थापा । विश्व वातावरण दिवसको अवसरमा अछाम जिल्लामा पनि विभिन्न कार्यक्रमको आयेजना गरी मनाईएको छ । प्लाष्टिकजन्य प्रदुषण न्युनीकरण हाम्रो दायीत्व भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न पालिका तथा विद्यालयहरुले सचेतनामुलक कार्यक्रम गरेका छन । सदरमुकाम मंगलसेनमा रहेको मंगलसेन नगरपालिकाले प्रभातफेरी संगै मंगलसेन बजार क्षेत्रको सरसफाई गरेको छ।
नगर प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलीले बजार क्षेत्रमा देखिएको फोहोर टिप्दै फोहोर व्यवस्थापनका लागि स्थानीयले खेल्नुपर्ने भुमिकाका विषयमा पनि अन्र्तक्रिया गरेको छ । प्रभातफेरी र बजार सरसफाईपछी वडा न ५ को कार्यालयमा गरिएको कार्यक्रममा बोल्ने सरोकारवालाहरुले वातावरणीय सरसफाई संगै आफु बस्ने ठाउको पनि सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए ।
मंगलसेनमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र व्यापारीको सहभागिता रहेको थियो । यस्तै तुर्माखाँद गाउँपालिकाले पनि दिवसको अवसरमा बजार सरसफाई तथा वृक्षारोपण गरेको छ ।
वृक्षारोपणले मात्रै वातावरणीय प्रदुषण कम गर्ने भन्दै कालीकेश्वरी माध्यामीक विद्यालय लगायत सार्वजकि स्थलहरुमा वृक्षारोपण गरेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष बीमला कुमारी शाही, प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री लगायत वडा अध्यक्ष, कर्मचारी र स्थानीयको सहभागिता रहेको जिबन न्यौपानेले जानकारी दिनुभएको छ ।













Discussion about this post