हाम्रा सवालमा सरोकारवाला गम्भिर हुनुपर्छ : तुर्माखाँद गाउँपालिकाका किशोरी

21
SHARES
115
VIEWS

टेक बहादुर थापा । अछामको तुर्माखाँद गाउँपालिकाका किशोरीहरुले आफुहरुको सवालमा सरोकारवाला गम्भिर हुनुपर्ने बताएका छन । समुदायमा रहेका किशोरीहरु अहिले पनि विभिन्न किसिमका समस्याहरु भोगी रहेकाले यी समस्या समाधानका लागि सरोकारवाला गम्भिर हुनुपर्ने बताएका हुन । सामाजिक सभासमारोहमा जनप्रतिनिधि तथा सरोकारवालाले किशोरीका क्षेत्रमा यो गर्छौ त्यो गर्छौ भनेर प्रतिबद्धता जनाएपनी व्यवहार त त्यो नदिएको उनीहरुको गुनासो छ । बुधबार तुर्माखाद गाउँपालिकामा आयोजना गरिएको किशोरी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि किशोरीहरुले किशोर किशोरीका सवालहरु उस्ता उस्तै भएपनी किशोर भन्दा किशोरीका सवाल अझ गम्भिर रहेको बताएका छन । किशोरीका समस्या समाधानका लागि स्थानीय सरकारले विशेष जोड दिनुपर्ने उनीहरुको भनाई छ ।

अहिले पनि छोरा छोरी विचको विभेद, बालविवाह, छाउपडी जस्ता प्रथाले किशोरीलाई मानसिक तथा शारीरिक रुपमा कमजोर बनाएकाले यस्ता कु संस्कारको अन्त्यका लागि प्रभावकारी कार्यहरु नभएको, किशोरी लक्षित कार्यक्रम संचालन नभएको जस्ता गुनासाहरु राखेका थिए । पालिका स्तरिय किशोरी संजालका अध्यक्ष गायत्री न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि अधिकांश किशोरीहरुले विद्यालयमा पाईने सेनेटरी प्याड गुणस्तर नभएको र त्यही कारणले किशोरीहरुमा विभिन्न खालका समस्या ल्याएको, प्रयोग गरिएको प्याडको उचित व्यवस्थापन गर्न समस्या देखिएको, महिनवारी भएको बेला अहिले पनि असुरक्षित तरिकाले बस्नुपरेको, कतिपय विद्यालयमा स्थापना गरिएको किशोरी आराम कक्षमा शिक्षकहरु गएर आराम गर्ने जस्ता समस्या रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै तुर्माखाद गाउँपालिका वडा न ४ की मनिषा बुढाले आफु अहिले पनि महिनावारी भएको बेला घर बस्ने आट नगरेको बताउनभुएको छ । आमा बुवाले घरमै बस्न अनुरोध गरेपनि बुढापाकाहरुले नमान्दा आफु जस्ता अधिकांश किशोरीहरु छाउगोठमै बस्ने गरेको गुनासो गर्नुभयो । वडा न ३ मा रहेको बसुन्धरा माध्यामिक विद्यालयमा अध्यानरत किशोरी माया भण्डारीले आफ्नो विद्यालयमा सेनेटरी प्याड गुणस्तरीय नहुदा किशोरीहरु समस्यमा रहेको बताउनुभयो । विद्यालयले दिने प्याड प्रायोग गरेपछी विभिन्न किसिमका समस्या देखिन थालेको भन्दै उहाले स्थानीय स्तरमा तयार पारिएको प्याड उपलब्ध गराई दिन आग्रह गर्नुभएको छ ।
यस्तै वडा न ४ मा रहेको कालीकेश्वरी माध्यामिक विद्यालयकी किशोरी माया बयकले आफ्नो विद्यालयमा स्थापना गरिएको किशोरी आराम कक्षमा शिक्षकहरु गएर आराम गर्ने गर्ने गरेको गुनासो गर्नुभएको छ । कतिपय किशोरीहरुको महिनावारी भएको बेला पेट दुख्ने तर किशोरी आराम कक्षमा गएर आराम गर्न जादा पुरुष शिक्षक भेटीने गरेको बयकले बताउनुभयो ।

कार्यक्रममा सहभागि किशोरीहरुले राखेका प्रश्न तथा गुनासाको जवाफ दिदै तुर्माखाद गाउँपालिका उपाध्यक्ष बीमला कुमारी शाहीले किशोरीहरुका समस्या समाधान गर्नकै लागि पालिकाले हरेक वर्ष किशोरी संग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो । पालिकाले आफ्नो स्रोत साधनले भ्याए सम्म महिला तथा किशोरीहरुका समस्या समाधान गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भएको थियो । महिलाहरुको आय आर्जनमा टेवा पु¥याउने उदेश्यका साथ ८ वटै वडाका महिलाहरुलाई बिउ वितरण देखी सचेतना मुलक कार्यक्रमको समेत आयोजना गरेको बताउनुभयो ।

किशोरीहरु आफै पनी अग्रसर हुनुपर्ने बताउदै उपाध्यक्ष शाहीले कार्यक्रममा उठेका सवालका बारेमा आगामी दिनमा किशोरी सहित सरोकारवाला संग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले कार्यक्रममा सहभागि किशोरीहरुले उठाएका सवालमा आफ्नो गम्भिर ध्यानाआकर्षण भएको बताउनुभएको छ । तत्काल समाधान गर्न मिल्ने समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउदै प्रमुख प्रशासकीय अधिकृत खत्रीले कतिपय समस्याहरु समाधानका लागि किशोरी आफैपनी अग्रसर हुनुपर्ने बताउनुभयो ।

वडा न ३ का अध्यक्ष कासीराम बुढाले आफै पनी बण्डाली देवताको धामी रहेको तर अहिले सम्म कसैलाई पनि विभेद नगरेको बताउनुभयो । यो प्रथा अन्त्य हुन नसक्नुको पछाडी थुप्रै कारणहरु जोडिएकाले यस तर्फ सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा न ४ का कार्यबाहक वडा अध्यक्ष कृष्ण बहादुर बयक, कार्यपालिका सदस्य सुनीता शाही, जनस्वास्थ्य निरिक्षक एकेन्द्र बयक, शिक्षा शाखा बाट जिबन न्यौपाने, इको हिमाल नेपालका लक्ष्मी केसी, समाजसेवी तथा बण्डाली देवताका धामी तारा चलाउने लगायतले कार्यक्रममा उठेका सवालका बारेमा प्रतिबद्धता सहितको मन्तव्य राख्नुभएको थियो ।

जानकी माझीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन महिला शाखा प्रमुख बसन्ती शाहीले गर्नुभएको थियो । किशोरी सचेतना सम्बन्धि अभिमुखीकरण कार्यक्रमको सहजिकरण सुदुरपश्यिम प्रदेश बालअधिकार परिषद सदस्य प्रेम बहादुर बुढाले गर्नुभएको हो । अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रममा पालिकामा रहेका ८ वटै वडाका माध्यामिक विद्यालयका किशोरीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार