अछाममा १६ ग्राम बढी गाँजा सहित एक युवक पक्राउ

56
SHARES
312
VIEWS

अछामः अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले मंगलसेन नगरपालिका–५ स्थित डेरामा बस्दै आएका ढकारी गाउँपालिका–३ घर भएका २१ वर्षीय नितेश बहादुर बुढाको कोठामा खानतलासी गरेको थियो।

प्रहरीले उक्त डेराबाट १६ ग्राम ५२० मिलीग्राम गाँजा फेला पारी बुढालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार