निराजन भण्डारी । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि अछामका १० वटै स्थानीय तहका लागि केन्द्र सरकारले ३ अर्ब ६९ करोड ५१ लाख,बजेट विनियोजित गरेको छ । जेठ १५ गते अर्थमन्त्री बिष्णु प्रसाद पौड्यालले सदनमा प्रस्तुत गर्नुभएको विनियोजित बजेट अनुसार १० वटा स्थानीय तह रहेकोअछाममा सबै भन्दाबढी बजेट साँफेबजगर नगरपालिकाले र सबै भन्दा कम बजेट बान्नीगढी जयगढ गाउँपालिकाले प्राप्त गरेको छ ।
वित्तीय समानिकरण तथा सशर्त अनुदान गरी साँफेबजगर नगरपालिकाले ५६ करोड ७१ लाख र बान्नीगढी जयगढ गाउँपालिकाले २६ करोड ४५ लाख बजेट प्राप्त गरेको हो।यस्तै ढकारी गाउँपालिकालाई २९ करोड ३५ लाख बजेट बिनियोजित गरिएको छ । तुर्माखाद गाउँपालिकाले ३८ करोड ५० लाख बजेट प्राप्त गर्दा कमलबजार नगरपालिकाले ४१ करोड ३ लाख र पन्चदेवल विनायक नगरपालिकाले ३९ करोड ९३ लाख मात्र प्राप्त गर्न सकेको छ ।
यस्तै,मंगलसैन नगरपालिकामा ४२ करोड ७० लाख बजेट प्राप्त गरेको छ । मेल्लेख गाउँपालिकामा ३८ करोड ३३ लाख,रामारोशन गाउँपालिकामा ३६ करोड ७१ लाख र चौरपाटी गाउँपालिकामा ३१ करोड ८० लाख बजेट बिनियोजित भएको छ ।













Discussion about this post