टेक बहादुर थापा : तपाईले कति रोपनी जग्गामा तरकारी खेती गर्नुभएको छ रु एक रोपनी, दुई रोपनी , तीन रोपनी वा बढीमा ४ रोपनी, तर अछाम जिल्लाको कमलबजार नगरपालिका वडा न ६ का अगुवा किसान झंकर बहादुर शाहीले भने २३ रोपनी जग्गामा तरकारी खेती मात्रै गर्नुभएको छ । अछाम जिल्लाको त सायद उहाँ पहिलो किसान होला यति धेरै जग्गामा तरकारी खेती गर्ने । उहाँले आलु मात्रै २० रोपनी जग्गा लगाउनु भएको छ भने करिब ३ रोपनी जग्गामा प्याज र लसुन लगाउनु भएको छ । विगत १५ वर्ष देखी तरकारी व्यवसायमा रमाउदै आउनु भएका शाही वर्षेनी तरकारी खेती बढाउदै जानुभएको छ ।
वडा न ६ को निकै रमणीय र उर्वर क्षेत्र नौघाटे टोलमा नौघाटे कृषि तथा पशुपंक्षी फर्म मार्फत व्यवसायीक रुपमा कृषि कर्ममा जुट्नु भएका शाही वार्षिक रुपमा १० लाखकको तरकारी मात्रै बेच्नुहुन्छ । स्थलगत रिपोर्टिङका लागि किसान शाहीकै बारी नौघाटे टोलमा रेडियो गाउँघरको टीम पुग्दा उहाको बारीमा सबै किसिमको तरकारी लोभ लाग्दो तरिकाले फलेको देखियो भने प्याज र लसुन घरमा राख्ने ठाउ नहुदा बारीमै सुकाएको पनि हामीले देख्यौ । शाहीका दुईवटा घर अहिले आलु र प्याजले भरिभराउ छन । शाहीको घर भित्र पस्ने जो कोही मान्छे पनि अचम्मीत हुन्छ होला त्यहा भण्डार गरेर राखेको तरकारी देख्दा । अहिले किसान शाही प्याज र लसुन नेपालगन्ज पठाउने तयारीमा हुनुहुन्छ, घर भित्र ठाउ नहुदा अधिकांश प्याज र लसुन बारीमै सुकाउन राख्नु भएका शाहीलाई निरन्तर परिरहेको पानीले चिन्ता थपिदिएको छ । यसपाली चाडै मनसुन सकृय भएपछी शाहीले बारी बाट उखेल्नु भएको प्याज र लसुन राम्रो संग सुक्न पाएको छैन । शाहीको आजभोलीको दैनिकी उखेलेर बारीमा सुकाउन थालेको प्याज र लसुनको रेखदेखमै बित्ने गरेको छ ।
दुईलाख बढीको प्याज र लसुन उत्पादन गर्नुभएका शाही यो उत्पादनलाई नेपालगन्ज पठाई सकेको भए आनन्द हुने बताउनुहुन्छ । समयमै यसलाई बजारिकरण गरिसकेपछी भदौमा आलु तयार हुन्छ त्यसपछी आलु कोर्ने र त्यसको बजारिकणमा लाग्ने शाहीले बताउनुभयो । घना जंगल भित्र तरकारी खेती गर्नु भएका शाहीले बारीको रेखदेखका लागि ३ वटा कुकुर समेत पाल्नु भएको छ । पहिले पहिले जंगली जनावर बाँदरले दुख्ख दिने गरेपनि अहिले कुकुर देखेपछी बाँदर र बदेल आउनै छोडेको शाहीले बताउनुभयो ।
जिल्लाका धेरै ठाउमा जंगली जनावरले दुख्ख दिने गरेको गुनासो सुनीन्छ तर आफ्नो बारी भने घरमा पालेको कुकुरले जोगाई दिएको शाहीको भनाई छ । एउटै फर्ममा विभिन्न व्यवसाय गर्नुभएका शाहीका सबै व्यवसाय उत्कृष्ट छन । उर्वर जग्गा र उहाँको मेहनतले होला शाहीको बारीमा सबै किसिमको तरकारी राम्रो संग फलेको देखिन्छ । नौघाटे कृषि फममा सबैभन्दा बढी आलु फलेको देखिन्छ । शाहीको घरमा श्रीमती र छोराछोरीले बाख्रा र भैसीको रेखदेख गरेपनी शाही भने तरकारीमै समय दिनुहुन्छ ।
हामी संगको कुराकानीमा उहाले भन्नुभयो गत वर्ष २ लाख ६० हजारको आलु मात्रै बेचेको थिए, यसपाली आलु पनी राम्रो छ गत वर्षको भन्दा झन राम्रो आम्दानी हुन्छ , यो वर्ष ४ लाख जतीको आलु बजारीकरण गर्ने योजनामा आफु रहेको शाहीको भनाई छ । दैनिक ११ घण्टा आफै कामगर्ने शाही यति धेरै तरकारीको रेखदेख देखी गोडमेल सम्मको काम एक्लैले गर्नुहुन्छ । एक बोटमा ५ केजी टमाटार फलाउने शाही टमाटर बाट मात्रै १ लाख आम्दानी हुने गरेको बताउनुहुन्छ । नेपाल मजदुर किसान पाटी अछामका अध्यक्ष समेत रहनु भएका शाहीले आफ्नो समाज सेवाको बाकी समय यही पेशालाई दिने गरेको बताउनुभयो । समाजलाई बदल्ने हो भने सुरुवात आफैबाट गर्नुपर्ने बताउदै शाहीले नेता र समुदायको अगुवा त झनै व्यवसायीक हुनुपर्नेमा जोड दिनुभएको छ । आफु समुदायको अगुवा हुने, भाषण मिठा र चर्का गर्ने अझ भन्ने हो भने स्थानीय उत्पादनका कुरा गर्ने तर आफु माटोमा हात नलगाउने नेता र अगुवा बाट उत्पादनको आश गर्न नसकिने बताउनुभयो । अहिलेको हाम्रो समुदायमा रहेको गरिबी र पछौटेपनको अन्त्य गर्ने हो भने कृषिलाई प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।
मेहनत गरे यही ठाउँमा अमेरीका, जापान र कोरिया बसेर कमाउन सकिने पैसा आर्जन गर्न सकिने भन्दै शाहीले युवाहरु जागेमा असम्भव भन्ने कुरा केही नहुने बताउनुभयो । आफुले थोरै लगानी बाट सुरु गरेको व्यवसाय आज करौडौमा परिणत भएको उहाको भनाई छ । हाम्रो देश हरेक कुरामा परनिर्भर हुदै गएकोे भन्दै शाहीले दैनिक रुपमा विदेशीने युवाको लर्को देखेर चिन्ता व्यक्त गर्नुभएको छ । शिक्षण पेशा छोडेर कृषि पेशा अंगाल्नु भएका शाही भन्नुहुन्छ जागिर बाट कुनै एक व्यक्तिको परिवार पालीन्छ तर कृषि बाट जंगलका जंगली जनावर संगै तमाम जनता पालिने पेशा भएको भन्दै यसमा आफुलाई गौरव लागेको बताउनुभयो ।
यती लामो समय देखी तपाई व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएको छ, कुनै ठाउँ बाट अनुदान लिनु भएको छ की छैन भन्ने हाम्रो प्रश्नमा शाहीले भन्नुभयो अहिले सम्म कुनैपनी निकाय बाट एक रुपैया पनि अनुदान नलिएको बताउनुभयो । अनुदान त नेता र जनप्रतिनिधिका आफन्तलाई हुन्छ, मैले त्यस्ता अनुदानको आशपनी गरिन, लिन पनि लिन्न तर सरकारले आफु जस्ता किसानको लागि कोल्ड स्टोर बनाई दिएको भए धेरै कुरामा सहज हुने शाहीको भनाई छ । अहिले कोल्ड स्टोर नहुदा यता तरकारी राख्न नमिल्ने भएकाले यही कारण किसानहरुले उचित किसिमको मुल्य समेत नपाएको गुनासो गर्नुभएको छ । आफुले उत्पादन गरेको तरकारी यो क्षेत्रका ३ पालिकालाई भ्याउने भन्दै शाहीले स्थानीय सरकारले कोल्ड स्टोरको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
अगुवा किसान शाहीले तरकारी मात्र होइन यो संगै बाख्रापालन समेत गर्नुभएको छ । शाहीको खोरमा अहिले ३५ वटा उन्नत जातका बाख्रा रहेका छन । उहा बडादशै र चैते दशैमा मात्रै एक लाख बढीका बोकाहरु बेच्नु हुन्छ । बाख्रा बाट वार्षिक २ लाख बढी आम्दानी गर्दै आउनु भएका शाहीले मेहनत गरे आफ्नै गाउँमा सुन फलाउन सकिने कुरा दोहो¥याउनु भएको छ । शाहीले थप्नुभयो जिल्लामा अहिले पनि धेरै युवाहरु कृषि पेशा गरिरहेका छन तर राज्य उनीहरुलाई सहुलियत दिने कुरामा बेखबर भएकोमा दुख्ख व्यक्त गर्नुभएको छ । सरकारमा बसेकाहरुले किसानले फलाएको उपजलाई बजारीकरण गर्न सहयोग मात्रै गरि दिए धेरै युवाहरु कृषि पेशालाई व्यवसायीक रुपमा अगाडी बढाउने उहाको विश्वाश छ ।













Discussion about this post