अछाममा विषालु च्याउ खाँदा तीन जना बिरामी

8
SHARES
46
VIEWS

निराजन भण्डारी  : अछाममा विषालु च्याउ खाँदा तीन जना बालबालिका बिरामी भएका छन् । रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारका तारा भण्डारीका २ वर्षीय छोरा युवराज भण्डारी,४ वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँ बस्ने चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएका छन् ।

तीनै जना बालबालिकाको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार