गंगा मावि श्रावण देखि कक्षा ११/१२ सम्म सञ्चालन हुदै

26
SHARES
145
VIEWS

निराजन भण्डारी । गंगा माध्यामिक विद्यालय मंगलसेन नगरपालिका वडा ६ मा कक्षा ११÷१२ सञ्चालन गर्नका लागि सञ्चालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत जेठ १८ गतेसम्म ९ लाख ६० हजार १ सय ३३ रूपैयाँ संकलन भएको छ । कक्षा १० सम्म सञ्चालनमा रहेको विद्यालयलाई कक्षा ११÷१२ सञ्चालन गर्न बिद्यालयले करिब ३ बर्ष अगाडि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको थियो । विद्यालयले साधारण सदस्य,विशिष्ट सदस्य,आजीवन सदस्य र संस्थागत गरी ४ समुहमा विभाजन गरी आर्थिक सहयोग गरिदिन आग्रह गरेको थियो ।

जसमा विशिष्ट सदस्य बन्नका लागि ५ हजार आजिवन सदस्य बन्न ३ हजार,साधारण सदस्य बन्न वार्षिक रुपमा नवीकरण गनुपर्ने गरी ५ सय संस्थागत सदस्य २५ हजार रुपैया सहयोग गर्नुपर्ने विद्यालयले निर्णय गरेको थियो । सोही अनुसार हालसम्म साधारण सदस्य,विशिष्ट सदस्य,आजीवन सदस्य र संस्थागत सदस्य गरी २ सय ३८ जना सहयोगी दाताहरुले विद्यालयलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मोतीराम भण्डारीले जानकारी दिनुभयो छ ।

यो अभियान नियमित रुपमा सञ्चालन भईरहेको बताउँदै प्रधानाध्यापक भण्डारीले अहिलेसम्म सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको छ । लामो समयपछिको संघर्ष र समुन्वय सहकार्यले गर्दा विद्यालयलाई मंगलसेन नगरपालिकाले पनि कक्षा ११÷१२ सञ्चालन गर्न अनुमति दिएको बताउँदै प्रधानाध्यापक भण्डारीले आगामी श्रावण देखि कक्षा ११ मा भर्ना कार्यक्रम गरिने बताउनुभयो । विद्यालयलाई कक्षा ११÷१२ सञ्चालन गर्न आगामी दिनमा पनि स्थानीय सरकार र अभिभावक अन्य सरोकारवालहरुले आफनो भुमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार