अछामको मंगलसेनमा पनी मनाईयो १८ औं गणतन्त्र दिवस ।

9
SHARES
50
VIEWS

जेठ १५ बिहीबार : ‎१८ औं गणतन्त्र दिवस अछाम सदरमुकाम मंगलसेनमा मनाईएको छ । जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समितिको आयोजनामा प्रभातफेरी सहित दिवस मनाईएको हो ।

‎जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुवरो अध्यक्षतामा भएको औपचारिक समारोहमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाली काङ्ग्रेसका कार्यवाहक जिल्ला सभापति नयाँराम बजगाई, नेकपा एमालेका नगर कमिटी अध्यक्ष डम्मर रावलले मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले लामो संघर्ष र बलिदानी पश्चात् प्राप्त गणतन्त्रको उपलब्धिहरुको रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

‎कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख दानमति शाही, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारी लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, शिक्षक, विद्यार्थी र सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालक मंगलसेन नगरपालिकाका प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार