जयगढमा विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

8
SHARES
47
VIEWS

टेक बहादुर थापा । अन्तराष्ट्रिय महिनवारी स्वच्छता दिवसको अवसरमा अछामको बान्नीगढी जयगढ गाउँपालिकाले विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । पालिकामा रहेका माध्यामिक विद्यालयका किशोरीहरु विच प्रतिष्पर्धा गराई दिवस मनाएको हो । महिनावारी भएको बेला गरिने विभेद कसरी अन्त्य गर्न सकिन्छ र यो बेला ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउने उदेश्यले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले रेडियो गाउँघर संग बताउनुभयो । प्रतियोगितामा सहभागि किशोरीहरुले महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुरा तथा यो बेला घरका अभिभावकले गर्नुपर्ने सहयोगका बारेमा आ–आफ्नो धारण राखेका थिए ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको अध्यक्षतामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सरस्वती माध्यामिक विद्यालयकी प्रेणा ताम्राकारले महिनावारीकोे समय भनेको महिलाहरुका लागि एक महत्वपूर्ण समय भएकाले यो बेला धेरै कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।अहिले पनि महिनावारी भएका महिला तथा किशोरीहरुलाई गर्ने व्यवहारमा परिवर्तन नआएको भन्दै ताम्राकारले यस्तो बेला छोरीहरुको उचित रेखदेख गर्न जरुरी रहेको बताउनुभयो । महिनावारी भएपछी छोरी आमा बन्न योग्य भइन भन्ने सोचका साथ छोरीलाई सोही किसिमको व्यवहारा गर्न आग्रह गर्नुभएको छ ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल वडा नम्बर ५ मा रहेको नन्दा माध्यामिक विद्यालयकी छात्रा पल्वी रावलले महिनावारी हामी महिलाहरुको नियमित प्रकृया भएकाले यो बेला विभेद नभई उचित किसीमको खानपानको आवश्यक्ता हुने बताउनुभयो । अन्य मुलुकहरुमा छोरी महिनावारी भईन भने खुसीका साथ के क काट्न्े चलन छ तर हाम्रो समुदायमा भने विभेद गर्ने गलत संस्कारको विकास भएको भन्दै यस्ता गलत संस्कारको अन्त्य गर्नु अहिलेको आवश्यक्ता रहेको बताउनभयो । यो बेला किशोरीहरुले धेरै कुरामा ध्यान दिनुपर्ने भन्दै रावलले खानपीन र सरसफाईमा विशेष जोड दिन किशोरीलाई सुझाव दिनुभएको छ ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष किरण खत्री ,वडा नम्बर २ का अध्यक्ष नेत्र बहादुर साउद,कार्यपालिक सदस्य पशुपति सुनार,ललिता स्वाँर लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार