दुबईबाट फर्किएका लाल बहादुर कृषिमा रमाउदै

19
SHARES
108
VIEWS

टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा न १० जुपुका युवा व्यवसायी लाल बहादुर बोहराले विदेशमा गर्ने दुख आफ्नै ठाउमा गरे धेरै प्रगति गर्न सकिने बताउनु भएको छ । ४ वर्ष दुबई बसेर फर्किनु भएका भएका बोहरा विदेशमा गर्ने दुख यही माटोमा गरेको खण्डमा आफ्नै खेतबारी बाट राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । विदेश गएर पनि अपेक्षा गरे अनुसारको आम्दानी गर्न नसकेका बोहरा अहिले भने आफ्नै बारीमा व्यवसायीक रुपमा कृषि व्यवसाय गरि मनग्य आम्दानी गरिरहनु भएको छ । जुपुको थानबाडा टोलमा व्यवसायीक रुपमा कृषि गरिरहनु भएका बोहरा नमुना किसान बन्ने प्रयासमा हुनुहुन्छ ।

मालिका कृषि तथा पशुपंक्षी फम दर्ता गरि व्यवसाय सुरु गर्नु भएका बोहराको बारीमा सबै किसीमका फलफुल र तरकारी पाईन्छ । बोहराको बारीमा अहिले केरा, आप, अम्बा, सुन्तला, कागती, अमिलो, अनार लगायतका फलफुलहरु खान पाईन्छ भने तरकारीमा पनि सबै किसिमको तरकारी बोहाराले आफ्नो बारीमा फलाउनु भएको छ । यति मात्र होइन बोहराले घरकै अगाडी ४ वटा पोखरी बनाएर विभिन्न जातका माछा पालन गर्नु भएको छ भने व्यवसायिक रुपमा बाख्रा समेत पाली रहनु भएको छ ।

एकै फम बाट सबै किसिमको व्यवसाय गर्नु भएका बोहरा वार्षिक रुपमा २ लाख आम्दानी गर्नुहुन्छ । बोहराले व्यवसाय संचालन गरिरहनु भएको ठाउ थानबाडामा रेडियो गाउँघरको टिम पुग्दा बोहरा तरकारी तथा फलफुलका बोटाहरु गोडमेलमा व्यस्त हुनुहुन्थ्यो, यो व्यवसाय बाट वार्षिक रुपमा कति आम्दानी गर्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा बोहराले आफुले खाएर, आफन्त, इष्ट मित्रलाई दिएर पनि बार्षिक रुपमा २ लाख जती बचत हुने गरेको बताउनुभयो ।

विदेश बस्दा घर परिवारको त चिन्ता हुन्थ्यो नै अपेक्षा गरे अनुसारको आम्दानी समेत नहुदा निराश भएर घर फर्किएका बोहरा अहिले भने आफुले संचालन गरेको व्यवसाय बाट सन्तुष्ट भएको बताउनुहुन्छ । बोहराले भन्नुभयो यो ठाउमा केही हुदैन भन्दै विदेशीने युवाहरु देख्दा आफुलाई नराम्रो लाग्ने गरेको बताउनुभयो ।

आफुलाइ पनी पहिले त्यस्तै लागेर विदेश गए, अनि बल्ल थाह भयो की, विदेशमा पैसा रुखमा फल्दो रहने छ भन्ने कुरा, बोहराले थपे विदेशको दुख सम्झिदा अहिले पनि जिउमा काडा फुलेर आउछ । हाम्रो आफ्नै माटोमा धेरै जिच फलाउन सकिने भएपनी हाम्रो मेहनत र लगानीको अभावले केहीपनी गर्न नसकेको बताउदै बोहराले ईच्छा र चाहाना हुने हो भने आफ्नै बारीको उत्पादन बेचेर आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन सकिने विश्वाश व्यक्त गर्नुभएको छ ।

पहिले केही हुदैनकी भन्ने डरै डर बाट व्यवसाय सुरु गर्नुभएका बोहरा अहिले भने थप लगानी बढाउने सोचमा हुनुहुन्छ । पर्याप्त लगानी गरेर अरुलाई पनि रोजगारि दिने सोच बनाएका बोहरा आफु संग लगानी नहुदा धेरै कुराहरु गर्न नसकेको बताउनुभयो । एक पटक नगरपालिका र पशुसेवा शाखा बाट अनुदान पाउनु भएका बोहरा स्थानीय सरकारले आफु माथि थोरै लगानी गरेको खण्डमा यही क्षेत्रमा नमुना काम गर्ने योजनामा आफु रहेको बताउनुभएको छ । जंगली जनावर बादरले दुख्ख दिने गरेको भन्दै किसान बोहराले आफुले फलाएका आधा तरकारी र फलफुल बाँदरले खाईदिने गरेको हामी संगको कुराकानीमा बताउनुभयो ।

जुपु बसाइ सराइको कारणले खाली हुदै गएपनी बोहरा भने आफु कतैपनी नजाने र यही माटोमा पसिना बगाएर घरपरिवार पाल्ने योजनामा हुनुहुन्छ । विदेश बाट विरामी भएर आउनु भएका बोहरा विदेशमा गर्ने जती दुख यही ठाउमा गर्ने योजनाका साथ आफ्नै खेतबारीमा पसिना बगाई रहनुभएको छ । सोमबार मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीको नेतृत्वमा गएको अनुगमन टोलीले बोहराले संचालन गरेको कृषि फमको अनुगमन गरेको थियो । बोहराले गरेको व्यवसाय बाट आफु प्रभावित भएको भन्दै उप प्रमुख रावलले लाल बहादुर बोहरा यो समुदायको लागि एक उदाहरणीय व्यक्ति भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभएको छ ।

आफ्नै गाउँमा व्यवसाय गर्ने युवालाई स्थानीय सरकारले पनि प्राथमिकतामा राख्ने भन्दै आवश्यक प्रकृया पुरा गरेर नगरपालिका सम्म आउन सुझाव दिनुभएको छ । आफुले संचालन गरेको पेशालाई निरन्तरता दिन आग्रह गर्दै उप प्रमुख रावलले युवाहरुको लागि लाल बहादुर प्रेणाको स्रोत भएको बताउनुभयो । युवाहरुले यसरी मेहनत गरेको खण्डमा गाउँठाउको पनि विकास हुने भएकाले आफ्नै गाउँमा केही गर्छु भन्ने भावनाको विकास गर्न आग्रह गर्नुभएको थियो । अनुगमन टोलीमा वडा न १० का अध्यक्ष जनक बहादुर कुवँर र वडा न ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार