शहर छोडेर गाउँ फर्किएका  देवेन्द्र

10
SHARES
53
VIEWS

अछाम – शहरको चमकधमक, व्यवसायिक सफलताका अनेक अवसर लाइ त्यागेर दुर्गममा फर्किने निर्णय गर्ने आँट थोरै मात्र युवाले  गर्न सक्छन । यस्तै आँट गरेर अछामको रामारोशन सुतार फर्किने ३२ वर्षीय देवेन्द्र भण्डारी यस्तै एक असाधारण युवा हुन्, जसले आफ्नो उर्जाशिल समय समाजसेवा र गाउँको विकासमा केन्द्रित गरेका छन्। काठमाडौंदेखि कैलालीसम्म व्यवसायिक सफलताको स्पष्ट छाप छोडेका भण्डारीले अहिले आफूलाई सुतात अनि रामारोशनमा समर्पित गरिरहेका छन्

स्नातक सम्मको अध्ययन पूरा गरेका देवेन्द्रले केही समय राजधानी काठमाडौंमा व्यवसायिक जीवन बिताए। फ्रोजन ममको उद्योगिक शैलीमा कारोबार थालेका उनी, साना ठेला देखि तारे होटलसम्म आफ्नो उत्पादन पुर्‍याउनेसम्म सफल भएका थिए। काठमाडौं उपत्यकामा फ्रोजन ममको क्षेत्रमा उनको उल्लेखनीय उपस्थिति थियो।

साथै  कैलालीको लम्कीमा रहेको पारिवारिक चप्पल उद्योगमा समेत उनको संलग्नता थियो। उनको परिवार आर्थिक हिसाबले सबल छ । जेठो दाजुभारतमा जागिरमा, माइलो दाजु अमेरिका , कान्छा भाइ जापानमा। साथै, राजधानी नजिकको काभ्रे जिल्ला उनका ससुराली हो। तर शहर र तराईको चमकधमकले देवेन्द्रको मन जित्न सकेन। उनलाई मन परेको थियो आफ्नै थलो सुतार, र आफ्नो बाल्यकाल बितेको रामारोशन छविस दराको सेरोफेरो । पाँच वर्ष अघि उनले सम्पूर्ण व्यवसाय, सुविधा र सम्भावना छोडेर गाउँ फर्कने निर्णय गरे।

गाउँ फर्किएपछि उनले रामारोशन सुतारलाई आफ्नो स्थायी कार्यक्षेत्र बनाए। जहाँ गए पनि उनको मन, योजनाहरू, र उद्देश्यहरू सुतारमै केन्द्रित हुन्छन्। समाजसेवामा समर्पित यी युवा आज गाउँका लागि उज्यालो आशा बनेका छन्।

समाजसेवाको उच्च लक्ष्य बोकेर राजनीतिमा होमिएका एक उर्जाशील युवा हुन् भण्डारी। अनेरास्ववियुका केन्द्रीय सदस्य भइसकेका उनी नेकपा एमालेमा सक्रिय रुपमा लागिपरेका छन्। उनि योगदान अनि योग्यताका हिसाबले जिल्ला कमिटी सम्म पुग्ने हैसियत राख्छन । तर वर्तमान एमालेमा उनलाइ गाउँ कमिटी भन्दा माथि जान दिइएन । राजनीति गर्ने तीव्र इच्छा र समर्पणका बाबजुद पनि, पार्टी नेतृत्वबाट उनले अझै स्पष्ट र ठोस जिम्मेवारी प्राप्त गरेका छैनन्। तर उनले आफ्नो सक्रियता र प्रतिबद्धता कम गरेका छैनन्।

बाल्यकालमै उनले बुवाको दुःखद निधनको पीडा भोग्नुपर्‍यो। एमाले समर्थक भएका कारण उनका बुवाले माओवादी पक्षबाट बारम्बार कुटपिट सहनुपर्‍यो, र अन्तत त्यही घटनाले देवेन्द्रका बुवाको  ज्यान लियो। बुवा गुमाउनुको पीडादायक स्मृतिलाई मनमा बोकेर पनि उनी वैचारिक रुपमा अडिग छन एमाले बनेर । यसअघि रामारोशन गाउँपालिका ७ नम्वर  कमिटिको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उनले  गाउँपालिका कमिटीको अध्यक्ष पदका लागि पनि उनले उम्मेदवारी प्रस्तुत गर्न चाहेका थिए, तर स्थानीय कार्यक्रताले रुचाएका उनि एमाले अछामको नेतृत्वको प्राथमिकतामा उनी परेनन्।

राजनीति उनको लागि शक्ति प्रदर्शनको माध्यम होइन, समाज सेवा र समर्पणको मार्ग हो। रत्तिभर पनि महत्वाकांक्षी छैनन् उनी। पदको लोभ छैन तर पनि, उनी जहाँबाट सकिन्छ, त्यहीँबाट समाजमा योगदान दिन निरन्तर सक्रिय छन्। हाल उनी रामारोशन गाउँपालिका–७ मा अवस्थित विन्देश्वरी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। यो औपचारिक जिम्मेवारीले मात्र होइन, उनको कामले उनलाई सुतारका आम नागरिकको मनमा स्थान दिएको छ।

शहरका सुविधा र अवसरलाई त्याग्दै उनी आफ्नै थातथलो अछाम फर्किएका हुन । जहाँका हरेक डाँडाकाँडा, पाखापखेरा र गाउँहरू उनलाई आत्मीय लाग्छ। सुतार क्षेत्रका चाफागाउँ, काडागाउँ, कुडिखेत, मेलकाटने, माझगाउँ, हपल्लो (चैते काफल), पैयारुख, र दाडेगाउँजस्ता गाउँबस्तीमा उनी सामाजिक कामका लागि निरन्तर दौडधुप गरिरहेका हुन्छन्।

कहिले भिटाको वन त कहिले लामागणा (औल) पुगेर सामाजिक कार्यमा संलग्न हुन्छन्। विद्यालय व्यवस्थापन होस् वा अन्य सामुदायिक योजना, उनी प्रायः वडा कार्यालय, रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, जिल्ला सदरमुकाम मंगलसैन, प्रदेश राजधानी हुँदै संघीय राजधानीसम्म धाउँछन । उदेश्य   आम सुतार सहित रामारोशन गाउँपालिकाका आम नागरिकको पक्षमा आवाज उठाउन, विकासका काममा ढिलाइ नगरियोस् भन्ने आग्रह गर्न, र आफ्ना क्षेत्रका आवाजहरू अगाडि पुर्‍याउन।समुदायसँग हातेमालो गर्दा भण्डारीको अनुहारमा जुन चमक देखिन्छ, त्यो कुनै पद वा पुरस्कारले ल्याउन सक्दैन। उनी भन्छन्, “गाउँ फर्किनु मेरो बाध्यता होइन, मेरो रोजाइ हो।”

शहरको सुविधा त्यागेर गाउँ फर्कनुको कारण सोध्दा उनी विनम्र उत्तर दिन्छन “गाउँठाउँको माया, र समुदायको सेवा गर्ने गहिरो चाहना नै मलाई गाउँ फर्काउने प्रेरणा बन्यो। उनि सिधा रूपमा पैसा कमाएपछि गाउँ छोड्नुपर्छ भन्ने सोचको विरुद्धमा छन । भण्डारी भन्छन्, “अब पैसा कमाएपछि तराई अनि शहर जाने मान्यता हटाउनु पर्छ। हामीले गाउँमै अवसर खोज्नुपर्छ, गाउँमै योगदान दिनुपर्छ।”

भण्डारी बसाइँसराइका कट्टर विरोधी हुन्। उनी मान्छन बसाइँसराइले गाउँलाई कमजोर बनाउँछ, पहिचान मेटाउँछ, र पुस्ता दर पुस्ताको जरा उखेलेर अनौठो परिवेशमा फ्याँक्छ। त्यसैले उनी जहाँ जान्छन्, त्यहाँ गाउँ फर्कनुको महत्व, सामुदायिक समर्पणको भावना, र जरा नछोड्ने सन्देश लिएर रामारोशनमा दौडधुप गरिरहेका हुन्छन ।

देवेन्द्र भण्डारी आफ्नो परिभाषित जिम्मेवारीप्रति अत्यन्त प्रतिबद्ध र निष्ठावान् व्यक्ति हुन्। हाल उनी अछाम जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक मानिने विन्देश्वरी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिकामा क्रियाशील छन्।शैक्षिक सुधारमा विशेष ध्यान केन्द्रित गरेका भण्डारीको नेतृत्वमा विद्यालयले उल्लेखनीय प्रगति गरेको छ। कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने यस विद्यालयमा, अछामका अन्य धेरै विद्यालयहरूसँग तुलना गर्दा, विद्यार्थीको उपस्थिति दर उच्च छ। कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको यस विद्यालयमा भर्ना प्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार