रामारोशनका दुइ नक्षत्र पुष्प,पूर्ण

6
SHARES
36
VIEWS

अछाम ( रामारोशनको छितिजमा चम्किरहेका दुई युवा नक्षत्र, पुष्प बहादुर बिष्ट र पूर्ण बहादुर विक, उमेरले युवा भए पनि अनुभवले परिपक्व छन्। दुबै जना गाउँपालिकाका हरेक ठाउँमा पुग्छन् र पुष्प बहादुर बिष्ट र पूर्ण बहादुर विक यी दुई युवा राजनीतिमा मात्रै होइन्, सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। उमेरले युवा, तर दृष्टिकोण अनि परिभाषित जिम्मेवारीले र क्रियाशीलताले उनीहरू परिपक्व नेताको भूमिकामा छन । नेपाली कांग्रेसको चारतारे झण्डा किशोर अवस्थामा समातेका यी दौँतरीको कथा सामान्य छैन।

नेविसंघ हुँदै पार्टीको मूल प्रवाहमा पाइला राखेका पुष्प र पूर्ण अहिले रामारोशन गाउँपालिकाभित्र मात्र होइन, समग्र अछाम जिल्लामा कांग्रेसका प्रभावशाली युवा नेताको रुपमा उभिएका छन्। पुष्प बहादुर बिष्ट अहिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य छन्। चौधौं महाधिवेशनमा जिल्ला कार्यसमितिको सचिवको निर्वाचनमा पराजित भए पनि उनले पराजयलाई पछाडि फर्कने कारण होइन, अगाडि बढ्ने प्रेरणाका रुपमा लिए। “राजनीति जित हारको खेल मात्रै होइन, काम गर्ने मौका हो,” बिष्ट भन्छन्, “हामी जनतासँग भएका छौं, त्यो नै हाम्रो जित हो।” लेखनमा पनि सक्रिय बिष्टको कलमले रामारोशनको भुगोल र राजनीतिको बहसलाई सजीव बनाउँदै ल्याउने गर्छ।

उता पूर्ण बहादुर विक नेपाली कांग्रेस अछाम १ नम्बर निर्वाचन क्षेत्रीय कार्यसमिति सचिव छन्। स्वास्थ्यकर्मी समेत रहेका उनि अहिले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। उनी प्रशासनिक क्षमतामा पनि खारिएका छन्। “राजनीतिमा सक्रिय हुनु भनेको जनताका आवश्यकता बुझ्नु हो,” उनी भन्छन्, “तर त्यो बुझाइ व्यवहारमा रूपान्तरण गर्न सकिएन भने त्यो सक्रियता निरर्थक हुन्छ।” पूर्ण विक गाउँका युवादेखि वृद्धहरूसम्म लोकप्रिय छन्।

यी दुईको मित्रता बाल्यकालदेखि नै सुरु भएको हो। राजनीतिक यात्रा नेविसंघबाट सुरु गरेका उनीहरूबीचको सम्बन्ध पार्टी राजनीति सम्म पुग्दा झनै प्रगाढ छ ।पूर्ण भन्छन्, “हामी मिल्ने भए पनि आलोचना गर्छौं। एउटाले अर्कोलाई सुधार गर्छ, सल्लाह दिन्छ। मिलेर हिँड्न सक्नु नै सफलताको संकेत हो।” रामारोशनका हरेक बस्तीमा, पर्व, बैठक, सुख दुखमा उनीहरूको उपस्थिति हुन्छ। न त उनीहरूलाई मञ्चको मोह छ, न फोटोको भोक। उनीहरूको कार्यशैलीमा जनताको बीचमा बस्ने शैली प्रष्ट देखिन्छ। केही दिनअघिको रामारोशन महोत्सवमा पनि उनीहरू औपचारिक कार्यक्रम बाहेक ९ उदघाटन , समापन ० बाहेक अरु दर्शकको रुपमा थिए।

राजनीतिक सक्रियतासँगै उनीहरू पुराना नेताप्रति सम्मान प्रकट गर्न पनि पछि पर्दैनन्। धर्मराज नेउपाने, अनुराधा स्वार, मानबहादुर साउद, केश बहादुर बटाला, लालबहादुर बोहरा, रन रोकाय, रिनारी दमाइ ९रमेश०, शेरबहादुर साउद, नरेश शाह, गगनसिंह साउद, केशर शाह, जगत भण्डारी, भिम भण्डारीजस्ता नेताहरूलाई उनीहरू निकै सम्मान गर्छन । “हामीले नेतृत्व गर्ने अवसर पाउनु अगाडिको यात्रामा यिनै मान्छेहरूले घाम, पानी, र गोरेटो चिर्दै कांग्रेस उठाएका हुन्,” बिष्ट भन्छन्, “हामी उहाँहरूको पदचिह्नमा हिँडिरहेका छौं।

अनुभव अनि उमेरमा सिनियर मानिने युवा नेताहरू गोपी खनाल, विनोद शाह, कमल खनाल, खडक भण्डारी, चन्द्र देवकोटा सिपीसँग उनीहरूको समन्वय राम्रो छ। कांग्रेस भित्रको समन्वयात्मक राजनीति अबधारणा उनले व्यवहारमा देखाउँदै आएका छन्।
पुष्प र पूर्णमा देखिने राजनीतिक संस्कारले कांग्रेसको स्थानीय तहमा आन्तरिक लोकतन्त्रको अभ्यासलाई मजबुत बनाएको छ। उनीहरुको उमेर समूहका समवयी युवा नेताहरू उमेश बोहरा, लक्ष्मण बोहरा, दल साउद, हर्क साउद, चन्द्र बटाला, नवराज साउद, महेश बटाला, नृप भण्डारी, कविता खनाल, रमेश भण्डारी, दीपक साउद ९मलातीकोट०, गंगा साउद, शक्ति साउद थापा, प्रेम साउद, गगन बुढा, भक्त बुढाजस्ता युवासँग उनीहरू सहकार्यमा छन्। सहकर्मी रमेश भण्डारी भन्छन्, “पुष्प र पूर्ण दुवैको विशिष्टता भनेको सुनिने, बुझिने र संगै हिँड्ने क्षमता हो। उनीहरू नेता मात्र होइनन्, साथी पनि हुन्।”

रामारोशन माओवादी आन्दोलनको उत्कर्षमा रहेको बेला प्रचण्डपथको लालकिल्ला बनेको थियो। त्यो समयमा कांग्रेसको झण्डा लिने साहस अति थोरै मानिसले देखाए। । तर अहिले स्थिति फेरिएको छ। कांग्रेस संगठन यहाँ पुनर्जीवित भएको छ। नेपाली कांग्रेसले अछामको थवाङ मानिने रामारोशन गाउँपालिकामा जित हासिल गरेको छ। उतिबेलाको माओवादीको सेती क्षेत्रमा महाकालीको हेडक्वार्टरमा रुख चिन्हबाट जितेका मानबहादुर साउदले स्थानीय तह हाकिरहेका छन्।

रामारोशनमा जित निकाल्न सम्भव थिएन। तर असम्भवलाई सम्भव बनाउन यी दुई युवा सहित धर्मराज नेउपाने, अनुराधा स्वार, मानबहादुर साउद, केश बहादुर बटाला, लालबहादुर बोहरा, रन रोकाय, रिनारी दमाइ ९रमेश०, शेरबहादुर साउद, नरेश शाह, गगनसिंह साउद, केशर शाह, जगत भण्डारी, भिम भण्डारी, चन्द्र विक, गोपी खनाल, विनोद शाह, कमल खनाल, खडक भण्डारी, चन्द्र देवकोटा, उमेश बोहरा, लक्ष्मण बोहरा, दल साउद, हर्क साउद, चन्द्र बटाला, नवराज साउद, महेश बटाला, नृप भण्डारी, कविता खनाल, रमेश भण्डारी, दीपक साउद ९मलातीकोट०, गंगा साउद, शक्ति साउद थापा, प्रेम साउद, गगन बुढा, भक्त बुढा लगायतका पुराना, वरिष्ठ, प्रभावशाली र युवाहरूको रगत पसिना बगेको छ। पुष्प भन्छन्, “हामी दुई जना पार्टीका सच्चा कार्यकर्ता हौं त्यसैले पुराना, वरिष्ठ, प्रभावशाली र युवाहरू संगै पूर्ण जि र म पनि खटेका हौं।” पूर्ण थप्छन्, “पुराना अग्रजहरू र युवा शक्तिको साझा मेहनतको नतिजा हो कि नेपाली कांग्रेस रामारोशनमा बलियो शक्ति बनेको छ।” नेपाली कांग्रेसका नेता , कार्यक्रता समर्थक शुभेच्छुक सबैको अनवरत प्रयासले रामारोशनमा कांग्रेसको पुनरुत्थान सम्भव भएको हो।

भौगोलिक कठिनता, अवसरको अभाव, आधारभूत सेवामा समस्या जस्ता अनगिन्ती चुनौतीहरूसँग जुध्दै यी दुई युवा पुराना प्रभावशालीको सल्लाह लिएर युवा संग समान् गरेत रात दिन रामारोशको विकासका लागि लागिपरेका छन्। उनीहरू सडकको योजना बनाउने बैठकमा पनि देखिन्छन्, अस्पतालमा बिरामीका समस्या बुझ्न पनि पुग्छन्।

बिष्टको रुचि लेखनमा छ। उनले बेलाबेला रामारोशनको भूगोल, राजनीतिशास्त्र, सामाजिक द्वन्द्व, र नयाँ पुस्ताको सम्भावना बारे लेख्ने गर्छन्। “हामी सोच्न छोड्यौं भने कसले सोच्नेरु” उनी भन्छन्, “कलम राजनीति भन्दा फरक माध्यम हो, तर उद्देश्य एउटै आम नागरिकको पक्षमा बोल्ने।”
पूर्ण बहादुर विक भने जनस्वास्थ्यका सवालमा विशेष सक्रिय छन्। “धेरै रोग उपचारको भन्दा सजगताको खाँचोमा छन्,” उनी भन्छन्, “स्वास्थ्य चेतना नै विकासको पहिलो खुड्किलो हो।” पर्यटन, सार्वजनिक सेवा, पारदर्शिता र नवप्रवर्तनशील सोचको पक्षमा उनी सधैं उभिएका छन्।
दुवै जनाले रामारोशनको अबको दशकलाई ुनिर्णायक मोडु का रूपमा चित्रण गर्छन्। “अब युवा नेतृत्वको समय हो,” बिष्ट भन्छन्, “हामीले सपना देख्नु मात्र होइन, साकार गर्नु पनि हो।” स्थानीय जगत बुढा भन्छन्, “हामीले थुप्रै नेता देख्यौं, तर यी दुई युवा नेताको दृष्टिकोण फरक छ। शिक्षा, स्वास्थ्य, पारदर्शिता र सहभागिताको मूल्य उनीहरू व्यवहारमा उतार्न खोजिरहेका छन्।”
रामारोशनको राजनीतिको नयाँ अध्याय लेखिरहेका यी दुई युवाको यात्रामा अनेक चुनौती छन । पार्टी भित्रको षड्यन्त्र, प्रतिपक्षी पार्टी संगको प्रतिस्पर्धा तर पनि उनीहरू अगाडि बढिरहेका छन्। त्यो पनि आत्मविश्वास, अनुशासन बोकेर।

“हामीले अहिल्यै देखिने उपलब्धिको अपेक्षा गरेका छैनौं,” पूर्ण भन्छन्, “तर अबका दस वर्षपछि फर्केर हेर्दा केही फरक काम गरेका रहेछौं भन्ने आत्मसन्तोष पाउने गरी काम गरिरहेका छौं।” अझै पनि कति बाटो उकाली छन्, कति मोड पार गर्न बाँकी छन्। तर यिनीहरू युवा उमेरमा नेतृत्वको बोझ बोकेर होइन, जिम्मेवारीको अनुभूति लिएर हिडिरहेका छन ।

उमेर उनीहरुको बहाडी रहरलाग्दो भए पनि दृष्टिकोण र प्रतिबद्धताले यी दुई युवा पुष्प बहादुर बिष्ट र पूर्ण बहादुर विकअछामको विकासको यात्रामा गम्भीरताका साथ लागेका छन्। राजनीति, समाजसेवा र नेतृत्वका तहमा निरन्तर सक्रिय रहँदै उनीहरूले आफ्नो गाउँ, समाज र भूगोलप्रतिको जिम्मेवारीलाई केवल नारामा होइन, व्यवहारमै उतार्ने कोसिस गरिरहेका छन्। सपनाले मात्रै होइन, संघर्ष र सहकार्यका पाइलाले उनीहरू अगाडि बढिरहेका छन्। यि दुइ युवाको हिँडाइ अझै लामो छ, तर सुरुवात साहसी देखिन्छ। उमेरले युवा र अनुभवले परिपक्व नेपाली कांग्रेसका युवा नेताद्वय कुनै पनि अन्य राजनीतिक दलप्रति पूर्वाग्रही छैनन । रामारोशन र अछामको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता महसूस गर्छन्।

रामारोशनको भविष्य यिनीहरूको हातमा छ भन्ने विश्वास स्थानीयहरूमा प्रगाढ छ। युवा नेतृत्वको उत्साह र पुराना अनुभवको संगमले यहाँको राजनीतिक र सामाजिक परिदृश्य परिवर्तन गर्ने अपेक्षा छ। चुनौती जति भए पनि, पुष्प र पूर्णले समन्वय ,निरन्तरता र समर्पणका साथ अघि बढ्ने अठोट गरेका छन्। उनीहरूको संघर्षले मात्र होइन, सहकार्य र संवादले पनि रामारोशनलाई विकासको बाटोमा अगाडि लैजाने छ।
यी दुई युवा नेता राजनीतिक यात्राको सुरुवाती चरणमा छन । अझै धेरै लक्ष्य हासिल गर्न बाँकी छन्। तर उनीहरूले रामारोशनमा नयाँ आशा र सम्भावना जगाएका छन । उनीहरुलाइ नजिक बाट चिन्नेहरुकाअनुसार यही दृढ संकल्प र प्रतिबद्धताका साथ निरन्तर अघि बढे भने बाटुलासैनका पुष्प बहादुर बिष्ट र सुतारका पूर्ण बहादुर विकले रामारोशन मात्र होइन अछामको समेतको सामाजिक, आर्थिक, राजनीतिक उत्थानमा योगदान पुर्‍याउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार