टेक बहादुर थापा । मंगलसेन नगरपालिका वडा न ६ मा निर्माण गरिएको बोक्सडा खानेपानी योजनाको शुक्रबार उद्घाटन गरिएको छ । योजनाको निर्माण कार्य सम्पन्न भएपछी एक कार्यक्रमको आयोजनागरि उद्घाटन गरिएको हो । मंगलसेन नगरपालिका, हेल्भेटास नेपालको आर्थिक सहयोग र रुडेक नेपालको प्राविधिक सहयोगमा योजनाको निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । हेल्भेटास नेपालको ३६ लाख ६७ हजार ३ सय ३६ रुपैया ६० पैसा, मंगलसेन नगरपालिकाको १७ लाख २६ हजार र स्थानीय उपभोक्ताको १६ लाख ९ हजार ३ सय १२ रुपैया ५६ पैसा श्रमदान गरि कुल ७२ लाख ९ हजार १ सय ७२ रुपैया ७६ पैसाको लागतमा योजनाकोे निर्माण कार्य सम्पन्न भएको थियो ।
उक्त टोलका उपभोक्ताका ९१ वटा, गंगा माध्यामिक विद्यालयमा १३ वटा र मनकामना आधारभुत विद्यालयमा ३ वटा धारागरि १ सय ७ वटा धारा निर्माण गरिएका छन । विगत लामो समय देखी खानेपानीको समस्या झेल्दै आएका त्यस क्षेत्रका नागरिकको समस्या समाधान भएको भन्दै स्थानीय नागरिकहरु निकै खुसी भएका छन । स्थानीय पार्वति देवी भण्डारी र सरु देवी भण्डारी आफ्नो गाउँको वर्षौ देखिको खानेपानी समस्या समाधान भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । पानीकै कारणले धेरै दिदि बहिनी संग झै झगडा भयो, छोराछोरीको पढाइमा बाधा भयो अब भने यी सबै समस्या समाधान भएको भन्दै खुसी व्यक्तगर्नुभएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दाराम भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले आफुले निर्वाचनताको बेला जनता माझ जनाएका प्रतिबद्धताहरु एकपछी अर्को गरि पुरा हुदै गएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
नगरका अधिकांश वडा तथा टोलहरुमा खानेपानीको निकै समस्या रहेको तर स्रोत र साधनको अभावले खानेपानीको व्यवस्थापन गर्न नसकेको हुदा नागरिकले दुख पाईरहेको भन्दै नागरिकका समस्या समाधानका लागि आफुले गैरसरकारी संस्था संग समन्वय गरेर खानेपानीको समस्या समाधन गर्दै गएको बताउनुभयो । नगरका वडा न १ को जैधन , वडा न १३ को बस्ती, वडा न ७ को जनाली, वडा न ६ को तेसींगे, वडा न ५ को भाडेगडा टोलमा देखिएको खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।
खानेपानीका समस्या धेरै ठाउमा छन तर यी वडा तथा टोलहरुमा नागरिलाई खानेपानीको धेरै समस्या भएको हुदा दुई वर्षको अवधिमा खानेपानीको व्यवस्थापन गरेको नगर प्रमुख बोहराको भनाई छ । योजना निर्माण गरेर मात्रै नहुने भन्दै नगर प्रमुख बोहराले यसको दिगोपना सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो ।
समुदायमा निर्माण भएका योजनाहरुको सबै जिम्मेवारी अब स्वयम उपभोक्ताहरुले लिनुपर्नेमा नगर प्रमुख बोहराको जोड छ ।कार्यक्रममा बोल्दै नगर उप प्रमुख संगीता रावल सोडारीले नगरपालिकाले नागरिकका समस्या समाधान गर्दै गएको बताउनुभयो । नगर संग सिमीत स्रोत साधन रहको तर नागरिकका आवश्यक्ता धेरै भएकाले क्रमश समस्या समाधान गर्दै जाने बताउनुभयो । योजना निर्माण गर्दा सबैले ईमान्दारिता देखाउन आवश्यक रहेको उप प्रमुख रावलको भनाई थियो । उप प्रमुख रावलले भन्नुभयो यो योजनामा पनि केही कमजोरी देखिएकाले सरोकारवालाले दिएका सुझावलाई आत्म साथ गर्दै कमजोरी तत्काल सुधार गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा हेल्भेटास नेपालका योगेश पन्त, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा न ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा न ७ का अध्यक्ष राज बहादुर शाही, नेपाली काग्रेसका हेमराज भण्डारी, नेकपा एमालेका कालु सिंह विक, राष्ट्रिय स्वतन्त्र पार्टीका सेतीराम भण्डारी, निवर्तमान वडा अध्यक्ष जनकराज भण्डारी, पुर्व गाविस अध्यक्ष प्रभुनाथ भण्डारी, गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारी, अनुगमन समितिका संयोजक राजेश्वर भण्डारी लगायतले मन्तव्य राख्दै आफ्नो वडाको खानेपानीको समस्या समाधान गरिदिएकोमा नगरपालिका, हेल्भेटास र रुडेक नेपाललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा योजना निर्माणको क्रममा महत्वपूर्ण योगदान गर्ने उपभोक्ताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन निर्माण उपभोक्ता समितिका सचिव चन्द्र प्रसाद भण्डारीले गर्नुभएको भएको हो ।
यस्तै मंगलसेन नगरपालिका वडा न ५ को भाडेगटा टोलमा निर्माण गरिएको आरुमाटा भाडेगडा खानेपानी योजनाको पनि उद्घाटन गरिएको छ । निर्माण कार्य सुरु भएको छाटो समयमै योजनाको निर्माण कार्य सम्पन्न भएपछी शुक्रबार एक कार्यक्रमको आयोजना उद्घाटन गरिएको वडा अध्यक्ष झंकर प्रसाद भाटले जानकारी दिनुभएको छ ।
टोलका ४९ वटा घरमा धारा निर्माण भएपछी स्थानीय नागरिकहरु पनि निकै खुसी भएको वडा अध्यक्ष भाटले बताउनुभयो । निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोस सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख, उप प्रमुख लगायत स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रुडेक नेपालका धनराज जोशीले गर्नुभएको थियो ।













Discussion about this post