समाजवादी अछामद्धारा मंगलसेन नगरपालिकालाई ज्ञापन पत्र 

16
SHARES
87
VIEWS

टेक बहादुर थापा । नेकपा एकिकृत समाजवादी अछामले जिल्लाका विभिन्न पालिकामा ज्ञापन पत्र बुझाएको छ । पार्टी केन्द्रको सर्कुलर अनुसार शुक्रबार जिल्लाका अधिकांश पालिकामा ज्ञापन पत्र बुझाएको हो । स्थानीय स्तरमा रहेका विषय वस्तु समेटी पार्टीले सम्बन्धित पालिकामा ज्ञापन पत्र बुझाएको नेकपा एकिकृत समाजवादी अछामले जनाएको छ ।

पार्टीका मंगलसेन नगरकमीटी ईन्चार्ज बम बहादुर रावलको नेतृत्वमा गएको टोलीले मंगलसेन नगरपालिकालाइ पनि ज्ञापन पत्र बुझाएको छ । मंगलसेन नगरपालिका भित्र देखिएका समस्या समाधानका लागि नगरपालिकाले ध्यान दिनुपर्ने भन्दै पार्टीले ज्ञापन पत्र बुझाएको नेता रावलले बताउनुभयो ।

नगर प्रमुख पदम बहादुर बोहरालाई बुझाईएको उक्त ज्ञापन पत्रमा मंगलसेन बजार क्षेत्रको फोहोर व्यवस्थापन हुनुपर्ने, बजार व्यवस्थित बनाउनुपर्ने, ग्रामीण क्षेत्रका सडकहरुको स्तरोन्नती गर्नुुपर्ने, नागरिकहरुले भोगी रहेका समस्यालाई प्राथमिकता दिनुपर्ने र विकास निर्माणका कामहरुमा हुने ढिला सुस्ती र अनियमितताको अन्त्य गर्नुपर्ने जस्ता सुझावहरु ज्ञापन पत्रमा उल्लेख गरिएको ईन्चार्ज रावलको भनाई छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा ईन्चार्ज रावल सहित प्रदेश कमीटी सदस्य टेकेन्द्र बहादुर जैगडी, जिल्ला कमीटी सचिवालय सदस्य ईन्द्र बहादुर जैगडी, जिल्ला कमिटी सदस्य नन्द राज ढुंगाना लगायतका नेताहरुको सहभागिता रहेको थियो । पार्टीले बुझाएको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पदम बहादुर बोहरा र उप प्रमुख संगिता रावल सोडारीले पार्टीले दिएका सुझावलाई कार्यन्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार