खेल क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : अध्यक्ष बिसी

8
SHARES
43
VIEWS

टेक बहादुर थापा । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले युवाको भावना अनुसार दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभएको छ । युवाहरुमा खेल प्रतिको आकर्षण बढ्दै गएको र खेल क्षेत्रको विकास गर्ने उदेश्यका साथ अन्तर पालिका स्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

खेल क्षेत्रको विकास गरि युवाहरुको मनजित्ने र आगामी दिनमा पालिका स्तरमा खेल क्षेत्रलाई अझ व्यवस्थित बनाउने उदेश्य राखी यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बिसीको भनाई छ । खेल मनोरञ्जनका लागि मात्र नभई स्वास्थ्य र राष्ट्रका लागि पनि भएको हुदा खेलाडीले अनुशासित ढंगले खेल्नुपर्ने र खेल खेलाउने रेफ्रीले पनि निष्पक्ष ढंग बाट खेल खेलाउन अनुरोध गर्नुभएको छ ।

यो प्रतियोगिता जिल्लाको प्रतिष्ठा संग पनी जोडिएकाले यसलाई सफलता पुर्व सफल पार्न सबै सरोकारवालाले आ–आफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्नेमा अध्यक्ष बिसीले जोड दिनुभएको छ । शुक्रबार पालिकाले आयोजना गरेको अन्तर पालिका स्तरिय दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिसीले खेल क्षेत्र मात्र नभई अन्य विकास निर्माणका लागि पनि एकता हुन जरुरी रहेको बताउनुभयो ।

आफु निर्वाचित भएर आए देखी साझा विषयमा सहमति जुटाउन निरन्तर प्रयासरत रहेपनी त्यो पुरा हुन नसकेको बताउनुभयो । उहाले विकास निर्माणका साझा एजेण्डामा सबै सरोकारवाला एक ठाउमा आउनुको विकल्प नरहको बताउनुभयो । आज हामी राजनितिक दल भन्दा माथि उठ्न नसक्दा पालिकाको विकास अपेक्षाकृत ढंगले अघि बढाउन नसकेको भन्दै पालिकाले संचालन गरेका राम्रा काममा साथ दिन आग्रह समेत गर्नुभएको छ ।

पालिकाले गरेका राम्रा कामको प्रशंसा र गलत कार्यको खबदारी गर्ने संस्कारको विकास गरेको खण्डमा एक अर्का प्रतिको विश्वाश बढ्दै जाने र पालिकाको विकास सकारात्मक तरिकाले अघि बढ्ने हुदा यस्ता रचनात्मक गतिविधि गर्न अध्यक्ष बिसीले अनुरोध गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार