तुर्माखाद गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको उदघाटन

22
SHARES
121
VIEWS

टेक बहादुर थापा : अछामको तुर्माखाद गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको शुक्रबार एक कार्यक्रमको आयोजनागरि उदघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर प्रमुख अतिथि रहनु भएको थियोे ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख कुवँरले तुर्माखाद गाउँपालिकाले खेल क्षेत्रमामा राम्रो काम गरेको भन्दै खेल क्षेत्रको विकासका लागि  थप लगानी गर्न सुझाव दिनुभएको छ ।  एमाले भित्र लोकप्रिय युवा नेताको छवि बनाउनु भएका अध्यक्ष बिसीले हरेक कार्यक्रम रचनात्मक गर्ने गरेको भन्दै प्रशंसा समेत गर्नुभएको थियोे । उहाँले खेल क्षेत्रको विकास भए मात्रै त्यो ठाउँको परिचय र पहिचान बन्ने भएकाले यस्ता क्षेत्रको विकासका लागि लगानी गर्नमा कुञ्जासाई गर्न नहुने बताउनुभयो । अछाम जिल्लामा भलिबलको राम्रो सम्भावना भएकाले खेलाडी र प्रशिक्षकहरूले लगनशील भएर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथि रहनु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका प्रमुख लालविर भण्डारीले खेल क्षेत्रको विकास भए मात्रै कुनैपनि क्षेत्रको परिचय झल्किने बताउनुभएको छ । समाज रूपान्तरणका लागि हरेक क्षेत्रमा एकता हुन जरुरी रहेको नगर प्रमुख भण्डारीको भनाइ छ । अछामको तुर्माखाद गाउँपालिका र सुर्खेतको पञ्चपुरी नगरपालिका भुगोल संग पनि नजिक भएकालेे यी पालिकाहरूको विकासका लागि जनप्रतिनिधि विच समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । एकता बिना विकास सम्भव नहुने भएकाले तुर्माखाद गाउँपालिकाको विकासका लागि हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा बिशिस्ट अतिथिकोआशन बाट बोल्दै कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवरले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । आज खेलाडीहरू खेल मैदान र खेल सामाग्रीको अभावमा आफ्नो क्षमता प्रदर्शन गर्न नसकेकाले यसतर्फ जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने उप प्रमुख कुवरको भनाइ छ । आज पालिकामा राम्रो  किसिमको खेलमैदान नहुदा खेलाडीहरूले खेल खेल्न नपाएकाले तुर्माखाद गाउँपालिकाले सुविधा सम्पन्न खेलमैदान निर्माणका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

उदघाटन कार्यक्रममा ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले खेल क्षेत्रको विकासका लागि अन्तरपालिका स्तरिय समन्वय हुन जरुरी रहेको बताउनुभयो । एउटै पालिकाले ठुलो लगानी गर्न नसक्ने भएकाले दुई देखि तिनवटा पालिका मिलेर ठुलो लगानी गरि बृहत खेलकुद प्रतियोगिताको आयोजना गर्नुपर्ने बताउनुभयो । विकास र सकारात्मक कार्यका लागि समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । अर्को वर्ष ढकारी गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिताको आयोजना गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

नेपाल कम्युनिस्ट पार्टीका तिलक सि, नेकपा माओवादी केन्द्रका मन बहादुर बयक, नेकपा एमाले पदम बिसी, नेपाली काग्रेसका कविराम बयक, कालिकेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराम बुढा लगायतले मन्तव्य राख्नुभएको थियोे । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भिम बहादुर चलाउनेको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन  जिबन न्यौपानेले गर्नुभएको थियोे । प्रतियोगितामा अछाम सहित सुर्खेत, दैलेख र कालिकोट जिल्ला बाट १० भन्दा बढी  टिममको सहभागीता रहेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार