अनेरास्ववियु अछामद्धारा संरक्षित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

9
SHARES
51
VIEWS

निराजन भण्डारी । स्थापना दिवसका अवसरमा अनेरास्ववियु अछामले शैक्षिक सामाग्री वितरण गरेको छ ।

६१ औँ स्थापना दिवसरका अवसरमा जिल्लाको मंगलसेनमा रहेको शोड्षा माध्यामिक विद्यालयका संरक्षित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

दिवसको अवसरमा अनेरास्ववियुले विद्यालयका १५ जना संरक्षित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको जिल्ला उपाध्यक्ष भिम बाडाहितले जानकारी दिनुभएको छ ।

अनेरास्ववियु अछामले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न किसिमका रचनात्मक गतिविधि गर्दै आएको छ ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा अनेरास्ववियु अछामका  सचिव जगत भण्डारी विद्यालयका प्रधानाध्यापक बृकेश सिँह बाेगटी मंगलसेन नगरपालिका वडामा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी लगायतको सहभागीता रहेकाे थियोे ।

शैक्षिक सामाग्री वितरण गरी सहयोग गरेको भन्दै अनेरास्ववियु अछामलाई विद्यालयका प्रधानाध्यापक बाेगटीले धन्यवाद समेत दिनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार