अछाम अस्पताललाई बजेट विनियोजन गर्न सरकार सँग साँसद शाहकाे माग

6
SHARES
31
VIEWS

निराजन भण्डारी । अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले जिल्ला अस्पताल अछामको भवन निर्माणको लागि उचित बजेट विनियोजन गर्न सरकार सँग जोडदार माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले जस्ता पाताले छाएको अछाम अस्पातालको भवन जिर्ण बन्दै गएकाले बिरामीहरुलाई सेवा दिन कठिनाई भईरहेको बारेमा सरकारको ध्यानाकर्षण समेत गराउनुभएको हो ।

आउँदो आर्थिक वर्ष २०८२÷८३ मा विनियोजन हुने बजेटमा अछाम अस्पतालाई आवश्यक पर्ने उचित बजेटको व्यावस्थापन गरी अस्पताल भवनको ठेक्का अगाडी बढाउन सरकार सँग प्रतिनिधि सभा सदस्य शाहले जोडदार माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार