स्थापना दिवसको अवसरमा शिक्षक संघ अछामद्वारा फलफूल वितरण

11
SHARES
59
VIEWS

टेक बहादुर थापा । नेपाल शिक्षक संघको ३६ औ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछामका विरामीलाई फलफूल वितरण गरिएको छ । दिवसको अवसरमा संगठनले अस्पतालमा भर्ना भएका ३० जना विरामीलाई फलफूल वितरण गरेको हो ।

संगठनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न किसिमका रचनात्मक गतिविधि गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका  प्रदेशसभा सदस्य मान बहादुर रावलले शिक्षक संघको स्थापना दिवसको अवसरमा शुभकामना दिदै विरामीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियोे ।

सांसद रावलले शिक्षकहरूले आफ्नो जिम्मेवारी कुशलता पुर्वक पालना गर्न सुझाव दिनुभएको छ । शिक्षक भनेको समुदायको अगुवा भएकाले समुदायका नागरिकलाई सचेत पार्ने काममा जुट्न सुझाव दिनुभयो । शिक्षण पेशा संगै समुदायका नागरिकलाई सचेतिकरण गर्ने काममा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

फलफूल वितरण कार्यक्रममा नेपाली काग्रेस अछामका उपसभापति नयाँराम बजगाई, महासमिति सदस्य पदमराज अधिकारी, मंगलसेन नगरपालिका वडा न १२ का अध्यक्ष खकेन्द्र बहादुर रावल,  नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, शिक्षक संघ अछामका उपाध्यक्ष सारदा रावल, सचिव रूपानन्द उपाध्याय, शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जय बहादुर बोगटी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता शिक्षक संघ अछामका अध्यक्ष नविन्द्र राजा जोशीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार