अछाम : अछामसहित सुदूरपश्चिम प्रदेशका ३२ सामुदायिक विद्यालय नमुनाका लागि छनौट भएका छन् । प्रदेशका नौ वटै जिल्लामा गरेर नमुना विद्यालय छनौट गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले जानकारी दिनुभयो । नौ जिल्लाका १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरिएको हो ।
प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय अन्तर्गत प्रस्तावना दर्ता भएका मध्ये नमुनाका लागि छनोट गरिएका हुन् । मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरीका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरुप सामाजिक विकासमन्त्री मेघ बहादुर खडकाकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनौट गरेको जनाएको छ ।
छनौट भएका विद्यालयहरुमा अछामको साफेबगर नगरपालीकामा रहेको प्रभाधम्कोट मावि सिद्देश्वर ,रामारोशन गाँउपालीकामा रहेको नेपाल राष्ट्रिय मावि चाफामाडौं , पञ्चदेवल बिनायक नगरपालीकामा रहेको मालिका मावि र ढकारी गाँउपालीकामा रहेको गुरुकुल मावि छनौट भएका छन् । यस्तै बैतडीको बासुदेव मावि लिप्किटा र दशरथचन्दको नगरपािलकामा रहेको बिरेन्द्र मावि साहिलेक रहेका छन् ।
दार्चुलामा लटिनाथ मावि रक्कोट र सम्पाल मावि ब्यास, डडेल्धुरामा भागेश्वर मावि परशुराम, भुवनेश्वरी मावि गन्यापधुरा, बझाङमा लामातोला मावि खप्तडछान्ना र सरस्वती मावि बुङगल, डोटीमा राधाकृष्ण मावि गोपघाट र बछैन मावि बडिकेदार, बाजुरामा जनप्रकास मावि र पशुपती मावि बुढीनन्दा, कञ्चनपुरमा सरस्वती मावि पुर्नवास, महाकाली मावि बेलौरी, कृष्ण मावि गुलरिया, भुवनेश्वरी मावि सिसैया र लक्ष्मी मावि बागफाँटा १९बागफाँटा र लक्ष्मी मावि दोधाराचाँदनी छनौट भएका छन् ।
कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टिकापुर ,जानगागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदावरी,सारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनौट परेका हुन् ।
छनौट भएका विद्यालयहरुलाई नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न निर्देशन दिइएको छ ।













Discussion about this post