मंगलसेनमा आँखा शिविरमा सम्पन्न: शिविरमा ४ सय ४९ जनाले सेवा लिए

7
SHARES
37
VIEWS

निराजन भण्डारी । मंगलसेन नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविरमा सम्पन्न भएको छ ।

बैशाख २५ देखि २६ गतेसम्म सञ्चालन भएको शिविरमा करिब ४ सय ४९ जनाले सेवा लिएका छन ।

शिविरमा पुरुष र महिला गरी ५७ जनाकाे मोतीविन्दुको सफल अप्रेशन गरिएको नेपाल नेत्रज्योती संघ अछामका सभापति शंकर बहादुर रावलले जानकारी दिनुभएको छ ।

शिविरमा आँखाको मोतीविन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको लागि उपचार सेवा प्रदान गरिएको थियो ।

नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल ,स्वास्थ कार्यालय अछामकाे आयोजना र मंगलसेन नगरपालिकाको सहजिकरणमा शिविर सञ्चालन गरिएको थियो ।

आफ्नै गाउँ ठाउँमा आँखाकाे उपचार गर्न पाउदा नागरिक निकै खुशी भएका थिए भने आगामी दिनमा यस्ता शिविर सञ्चालनलाई निरन्तरता दिनपर्ने सुझाव समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार