तुर्माखाँदका सरोकारवाला भन्छन छाउपडी प्रथा मान्ने गलत संस्कारको अन्त्य गर्छौ ।

10
SHARES
54
VIEWS

टेक बहादुर थापा : अछामको तुर्माखाद गाउँपालिकाका स्थानीय नागरिकहरुले छाउँपडी कुप्रथाको अन्त्य गर्नका लागि आ आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यही प्रथाको कारणले जिल्लामा वर्षेनी महिलाहरुको ज्यान जाने र बलात्कृत हुने समस्या बढेपछी अब महिनावारी भएको बेला आफ्नो घरका महिला तथा किशोरीहरुलाई सुरक्षित ढंगले घरमै राख्ने प्रतिबद्धता जनाएका हुन ।

शुक्रबार पालिकामा आयोजाना गरिएको मर्यादित महिनावारीका लागि छाउगोठ मुक्त अभियान कार्यक्रम अन्र्तगत भएको सरोकारवाला संगको अन्र्तक्रिया कार्यक्रममा सहभागि जनप्रतिनिधि, स्थानीय नागरिक र राजनितिक दलहरुले यही कुप्रथाको बारेमा वर्षेनी बहस र छलफल हुने तर अझै पनी समस्या कम हुन नसकेको भन्दै अब परिणम देखिने गरि काम गर्ने प्रतिबद्धता जनाएका थिए । तुर्माखाद गाउँपालिका वडा न ४ का स्थानीय रंगे कामीले यो प्रथालाई गलत ढंगले बुझेकै कारणले आज समस्या आईरहेकाले अब एक पटक सबै सरोकारवालाहरु प्रतिबद्धता जनाएर आ–आफ्नो घरका छोरी बुहारीलाई महिनावारी भएको बेला सुरक्षित र व्यवस्थित ढंगले व्यवस्थित गर्नु जरुरि रहेको बताउनुभयो ।

कतिपय महिलाहरु पुरुष हरुकै कारणले छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्ने गुनासो ठिक नभएको विकको भनाई छ । महिलाहरु आफै महिनावारी भएको बेला बाहिर बस्ने गरेकाले यसमा पुरुषको दोस नभएको बताउनुभयो । छोरी बुहारीहरुले महिनावारी भएको बेला सरसफाईमा ध्यान दिएर घरमै बसेको खण्डमा आफुहरुलाई आपत्ती नहुने बताउनुभएको छ ।

सोही कार्यक्रममा बोल्दै तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसीले पालिकाका यो प्रथाका नाममा छोरी बुहारीलाई दुख दिने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । चेतनाका हिसाबले पनि आफ्नो पालिकामा अन्य पालिकाको भन्दा बढी समस्या रहेको भन्दै अध्यक्ष बिसीले यस्ता गलत परम्पराको अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्ता कुरितिको अन्त्य गर्नका लागि पालिका सरकार बाट गर्ने काममा कुनैपनी किसीमको कमजोरी हुन नदिने गाउँपालिका अध्यक्ष बिसीले प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष बिसीले यो जिम्मेवारी सरकारको मात्र नभई सबको भएको भन्दै यही कारणले कुनै घट्ना घटेको खण्डमा सम्बन्धित घरपरिवार नै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले वर्षेनी एकै विषयमा अल्झीदा जिल्लाको अन्य विकास निर्माणले प्रथामिकता नपाउने भन्दै अब यस्ता गलत परम्पराका विरुद्ध सबै जिल्लाबासी जुट्नुपर्ने बताउनुभयो । यसैका नाममा जिल्लामा धेरै ठुलो लगानी भएकाले अब आगामी वर्ष बाट अन्य राम्रा क्षेत्रमा अभियान चलाउन सुझाव दिनुभएको छ । प्रमुखजिल्ला अधिकारी सारुले यही प्रथाका नाममा महिला तथा किशोरीलाई दुख्ख दिने जोकोहीलाई पनि नछोड्ने चेतावनी दिनुभएको छ ।

वडा न ४ को सभाहलमा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले अछाम जिल्लाका सबै नागरिकहरुले पुन एक पटक प्रभावकारी ढंगले यो अभियानलाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । यही प्रथाका नाममा जिल्लामा पटक पटक घट्नाहरु दोहोरी रहने समस्या रहेकाले तुर्माखाद पालिकामा पनि पालिकाको नेतृत्वमा पालिकामा रहेका ८ वटै वडामा वडा स्तरिय अभियान संचालन गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा तुर्माखाद गाउँपालिका उपाध्यक्ष वीमला कुमारी शाही, वडा न ४ का अध्यक्ष पदम बहादुर बिसी, अनुसन्धान अधिकृत डिल बहादुर चौधरी, नेपाली काग्रेसका नवराज चलाउने, नेकपा एमालेका पदम बिसी, माओवादी केन्द्रका मन बहादुर बयक, नेपाल कम्युनिष्ट पार्टीका तिलक सि, समाजसेवी, धामीझाक्री लगायत स्थानीय सरकोरवालाको सहभागिता रहेको थियो ।

तुर्माखाद गाउँपालिकाको आयोजना र समविकास नेपालको समन्वयमा भएको उक्त कार्यक्रमको सहजिकरण समविकास नेपालका संस्थापक अध्यक्ष पशुपती कुवँर र पत्रकार पवित्रा खड्काले गर्नुभएको थियो ।

पञ्चदेवल बिनायक नगरपालीका रामारोशन गाँउपालीका र बान्नीगढी जयगढ गाँउपालीकामा कार्यक्रम हुन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार