सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल

5
SHARES
29
VIEWS

सम्पूर्ण सेवा नि शुल्क रुपमा दिदै आएको अछामको बयालपाटा अस्पतालले सेवाको दायरा घटाउदै गएको छ ।आर्थिक संकटका कारण अस्पतालमा आवश्यक जनशक्ति र औषधी अभावका कारण सेवा प्रभावित हुन थालेपछि सेवाको दायरा घटाउदै गएको छ।

अस्पतालले बिहीबार सामाजिक सञ्जाल फेसबुक पेज मार्फत सूचना जारी गर्दै आवश्यक जनशक्ति र औषधी अभावका कारण यहि बैशाख २८ गतेदेखि सेवाको दायरा घटाउने जानकारी गराएको छ । बयालपाटा अस्पताले बैशाख २८ गतेदेखि प्रतिदिन २०० जना विरामीलाई मात्र उपचार गर्न सकिने उल्लेख गरेको छ ।

कुनै बेलाको स्वास्थ्यकर्मीहरुको रोजाइ रहने अस्पताल पछिल्लो समय आर्थिक संकट हुँदै गएपछि कर्मचारीले जागिर छोड्ने गरेका र नयाँ भर्ना गर्न सकिने अवस्था नरहेको न्याय हेल्थले जनाएको छ।दाताहरूले बिस्तारै हात झिक्ने सरकार सहयोग नगरेपछि अस्पतालको अवस्थ दिन प्रतिदिन दयनीय हुदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार