पर्यटकिय क्षेत्र रामारोशनको प्रचारका लागि महोत्सव आयोजना हुदै

8
SHARES
44
VIEWS

अछाम : रामरोशन पर्यटन कृषि व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ मूल आयोजक तथा बजार व्यवस्थापन समिति मुजाबगरको सहकार्यमा रामरोशन पर्यटन कृषि व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना गरिदै छ ।

१२ बण्ड १८ खण्ड ले परिचित प्रसिद्ध पर्यटकीय स्थान रामरोशनको प्रचार कृषि जडीबुटी उद्योग पर्यटन र व्यापार समृद्ध विकास को आधार भन्ने मूल नाराका साथ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म अछाम जिल्लाको रामा रोशन गाउँपालिका मुजाबगर सञ्चालन हुन लागेको राम रोशन कृषि तथा सांस्कृतिक महोत्सव को तयारी यतिबेला तीव्र गतिमा अघि बढाएको छ जसका लागि मूल आयोजक समिति देखि मुजाबगर बजार व्यवस्थापन देखि विभिन्न उपसमिति समेत बनाई महोत्सव को तयारी पूरा गरिसकेको र उद्घाटन हुने आयोजक समितिका अध्यक्ष जनकबहादुर साउदले जानकारी दिएका छन ।

महोत्सवलाई नेपाल पर्यटन बोर्ड रामा रोशन गाउँपालिका सहितका स्थानीय तहहरू अन्य निकाय को सहकार्य रहेको छ मुजाबगरमा आयोजना गरिने महोत्सवले पर्यटकीय क्षेत्र रामा रोशनमा आन्तरिक तथा बाह्य पर्यटनका लागि घुमफिर मा सहजता हुने बताइएको छ । महोत्सवमा रामरोशन बासीलाई भरपुर मनोरञ्जन दिनका लागि स्थानीयदेखि राष्ट्रिय कलाकार हरूको बेजोर प्रस्तुति रहने मूल आयोजक समितिले जानकारी दिएको छ।

महोत्सवमा कृषि प्रदर्शनी साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण विभिन्न सांस्कृतिक कार्यक्रम र पुतला भुवा हुड्के देउडा लगायतका कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ सातै भेषभूषा सांस्कृतिक र रहनसहनका सामग्री को प्रदर्शनी पर्यटन प्रवर्द्धन सम्बन्धी विविध बिक्री वितरण कार्यक्रम हरू आयोजना गरिने जनाइएको छ। आयोजक पक्षका अनुसार महोत्सव अवधिमा रामरोशन क्षेत्रको बारेमा विस्तृत जानकारी दिने भएकोले सबैलाई लागिदिन पनि अनुरोध गरिएको छ।

महोत्सवमा महानायक राजेश हमाल ज्योति मगर खेम सेन्चुरी पुस्कल शर्मा एलिना चौहान शान्त रानी परियार बिपना सिंह रेखा जोशी प्रकाश थापा कमल बिसी माइल्दाई लालबहादुर धामी अछामी बढ्डो भुवन दाहाल लालबहादुर थापा चक्रबम राजाराम भाट टेक बोगटी निरुता खत्री लगायतका कलाकार अरुको बिजोर प्रस्तुति रहने मूल आयोजक समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार