कमलबजारमा आँखा शिविर सम्पन्न ४ सय ९१ जनाले सेवा लिए

8
SHARES
46
VIEWS

निराजन भण्डारी । कमलबजार नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविरमा सम्पन्न भएको छ । बैशाख २२ देखि २३ गतेसम्म सञ्चालन भएको शिविरमा करिब ४ सय ९१ जनाले सेवा लिएका छन ।

शिविरमा २ सय ४३ पुरुष र २ सय ४८ महिला गरी उक्त संख्यामा बिरामीहरुले सेवा लिएका शहरी आँखा केन्द्र कमलबजारका फिल्ड वर्कर खगेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

कमलबजार नगरपालिका सहित छिमेकी पालिकाका नागरिक सँगै राष्ट्रसेवक कर्मचारी लगायतको सहभागीता रहेको शिविरमा ३० जना पुरुष ३२ जना महिला र एक जना बालक गरी ६३ जनाको मोतीविन्दुको सफल अप्रेशन गरिएको उपाध्यायले बताउनुभयो । शिविरमा आँखाको मोतीविन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको उपचार सेवा प्रदान गरिएको थियो ।

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान,काठमाण्डौं,नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलालीको आयोजना र कमलबजार नगरपालिका अछामको सहजिकरणमा शिविर सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार