टेक बहादुर थापा । षोडशा माध्यामिक विद्यालय मंगलसेनका प्रधानाध्यापक बृकेस सिंह बोगटीले टोल स्तरमा गएर विद्यालय भर्ना अभियान संचालन गरिने बताउनुभएको छ । विद्यालयले विगत देखी नै संचालन गर्दै आएको यो अभियानलाई यसपालि पनि निरन्तरता दिने प्रधानाध्यापक बोगटीले बताउनुभयो ।
शैक्षिक आन्दोलनका कारणले केही दिन ढिलो गरी भर्ना अभियान संचालन भएपनी विद्यालयको सेवा क्षेत्र भित्रका टोल टोलमा पुगेर विद्यालय भर्ना अभियान संचालन गर्ने जानकारी गराउनुभएको छ ।
रेडियो गाउँघरको शैक्षिक सरोकार कार्यक्रममा आफ्नो प्रतिक्रिया दिदै प्रधानाध्यापक बोगटीले आफ्ना बालबालिकालाई समयमै विद्यालयमा पठाएर असल अभिभावकको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
सुविधा सम्पन्न भवन बाट पठनपाठन संचालन गर्दै आएको विद्यालयमा गत वर्ष देखी अग्रेजी मिडियममा समेत पठन पाठन सुरु भईसकेको जानकारी गराउनु भएको छ । प्रधानाध्यापक बोगटीले भन्नुभयो हामी तपाईका छोराछोरीको भविष्य बनाउछौ हामीलाई विश्वाश गरेर आफ्ना छोराछोरी जिम्मा लगाउन आग्रह गर्नुभएको छ ।
भौतिक संरचना मात्र नभई शैक्षिक गुणस्तरका क्षेत्रमा पनि विद्यालयले धेरै राम्रा अभ्यासहरु सुरु गरेको हुदा समयमै बालबालिका विद्यालय पठाएर सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
षोडमा माध्यामिक विद्यालयमा जिल्लाभरका अपांगता भएका र अभिभावक बिहिन बालबालिका पनि आफ्नो विद्यालयमा रहेकाले उनीहरुको पठनपाठनमा सहजता ल्याउन स्थानीय सरकारले लगानी गर्नुपर्नेमा जोड दिदै उहाले म सुरक्षित छु भन्ने आभास बालबालिकाले गर्नुपर्ने प्रधानाध्यापक बोगटीको भनाई छ ।













Discussion about this post