अछाममा कक्षा १२ को परीक्षाको सम्पुर्ण तयारी पुरा

9
SHARES
51
VIEWS

निराजन भण्डारी । बैशाख २१ अर्थात भोली देखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालनका लागि अछाम जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा विकास तथा समन्वय इकाई अछामले परीक्षाका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको हो ।परिक्षाको तयारी अन्तर्गत केन्द्राध्यक्षको जिम्मेवारी प्रदान देखि  उत्तरपुस्तिका परिक्षा केन्द्र पठाउने काम सकिएको शिक्षा विकास तथा समन्वय इकाई अछामका सुचना अधिकारी सुरेन्द्र बजगाईँले जानकारी दिनुभयो । उहाँले परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभयो । सुचना अधिकारी बजगाईँका अनुसार बैशाख २१ अर्थात भोली बिहान ८ बजे देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने छ ।

यस बर्षको कक्षा १२ को परिक्षामा अछाम जिल्लाबाट छात्र तथा छात्रा गरी ३ हजार १ सय ५४ जना विद्यार्थी सहभागी हुने भएका छन । परीक्षा सञ्चालनका लागि जिल्लामा १७ वटा परिक्षा केन्द्र तोकिएका छन। परिक्षा सञ्चालनको लागि बेतालमाण्डौ मावि घुघुरकोट,जाल्पा देवी मावि ढाँकु,त्रिपुरासुन्दरी मावि श्रीकोट,षोडशा देवी मावि मंगलसैन,जनता मावि मेल्लेख,विद्यामन्दिर मावि विनायक, यशोदा मावि नेटाकोट,अन्नपुर्ण मावि कालागाउँ,महेन्द्र मावि बयलपाटालाई परिक्षा केन्द्र तोकिएको छ ।

यस्तै सरस्वती मावि जयगढ,कालिकेश्वरी मावि तुर्माखाँद, सूर्यचन्द्र मावि कालीमाटी,अष्टसिद्धि मावि ढुंगाचाल्ना,सिउडी मावि सिउडी,राधा मावी बोगटीगाउँ,पिपलचौर मावि बगुडा,नेपाल राष्ट्रिय मावि चाफामाण्डौलाई परीक्षा केन्द्र तोकिएको छ ।

परिक्षालाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायतलाई शिक्षा विकास तथा समन्वय इकाई अछामले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार