अछाम : जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
तर, अछाम प्रहरीले फागुन १८ गते भएको झगडाका कारणले उनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। दानमतिलाई नियन्त्रणमा लिनु विनोद शाहीको हत्या प्रकरणसँग सम्बन्धित नरहेको प्रहरीले बताएको छ। बकपत्रका लागि अदालत पुगेका बेला झगडा भएकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको हो । जिल्ला अदालत, अछामका स्रेस्तेदार राइभार कुन्जेडाले विनोद शाहीको हत्या प्रकरणको मुद्दा किनारा नलागेको बताएका छन्। विनोद शाहीको हत्या भएको तीन वर्ष हुनै लाग्दा पनि अदालतले फैसला गर्न सकेको छैन्। विनोद शाही हत्या प्रकरणमा पक्राउ परेका शान्ति शाही क्कश, द्रोपती शाही र कर्ण शाही २र२ लाख धरौटीमा छुटेका थिए।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका विनोद शाहीको परिवारले १३ जनाको विरुद्धमा सुरुमा मुद्दा दर्ता गरेका थिए। २०७९ वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूबिच भएको झडपपछि उनी बेपत्ता भएका हुन्।













Discussion about this post