टेक बहादुर थापा / निराजन भण्डारी । जिल्ला अस्पताल अछामको आर्थिक वर्ष २०८०÷८१ को सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर कमलेस प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल बाट प्रदान भईरहेका सेवा, तिनको गुणस्तर र आगामी दिनमा थप सेवा विस्तारका लागि आम सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा व्यापक रुपमा छलफल भएको थियो । आगामी दिनमा अस्पतालकाे सेवा विस्तार तथा विकासको लागि कार्ययाेजना समेत निर्माण गरिएको छ ।
सामाजिक परिक्षण कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले पहिलेको भन्दा अहिले अस्पताल बाट प्रदान गरिने सेवामा सुधार आएको भन्दै यसको दिगोपनाका लागि ध्यान दिनुपर्ने बताएका छन ।
हाल अस्पतालमा जटील खालका अप्रेशनहरु पनी हुन थालेपछि स्थानीयलाई धेरै कुरामा सहज भएको छ । सहभागि स्थानीय सरोकारवालाले जिल्ला अस्पताल अछामले प्रदान गर्ने सेवामा गुणस्तर बढ्न थालेको भन्दै खुसी व्यक्त गरेका छन ।
सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रमकाे प्रमुख अतिथिकाे आसनबाट बाेल्दै मंगलसेन नगरपालिकाका उपप्रमुख संगिता रावल साेडारीले जिल्ला अस्पतालकाे विकासकाे लागि पालिकाले जहिले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
जिल्लाकाे मुटुकाे रूपमा रहेकाे अछाम अस्पताललाई नमुना अस्पतालकाे रूपमा विकास गर्न जिल्ला सम्पूर्ण सराेकारवाला एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जिल्ला अस्पताल अछामले सञ्चालन गरेको सामाजिक परिक्षण कार्यक्रम निकै राम्रो भएको भन्दै यसलाई आगामी दिनमा निरन्तरता दिन आग्रह समेत गर्नुभएको छ ।
अस्पतालको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा जिल्ला प्रशासन कार्यालय अछामलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको छ ।
ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहीले सिमित स्रोत साधन हुने र बजेट सबै ठाउँमा विनियोजन गर्न नसकेको भन्दै आगामी दिनमा जिल्ला अस्पतालको विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
यस्तै तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष विमला कुमारी शाहीले जिल्ला अस्पताल अछामको विकासका लागि आवश्यक पहल गर्ने बताउनुभयो । जिल्ला अस्पताल अछाम जिल्लाकै प्रतिष्ठा संग जोडिएको अस्पताल पनि भएकाले यसको विकास गर्न जरुरी रहेको बताउनुभयो । अबकाे कार्यपालिका बैठकमा जिल्ला अस्पतालकाे अवस्था बारेमा जानकारी गराउने बताउँदै शाहीले पालिकाले सक्नेजति सहयोग गर्ने पनि बताउनुभयो ।
रामारोशन गाउँपालिका उपाध्यक्ष सिर्जना बुढाले पछिल्लो समयमा जिल्ला अस्पताल अछामले सेवा विस्तार गरिरहेकाे बताउँदै जिल्ला अस्पताल अछामको थप विकासका लागि कञ्जुसाई गर्न नहुने बताउनुभयो ।
यस्तै कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुवँरले जिल्ला अस्पातल अछामले गुणस्तरिय स्वास्थ्य सेवा दिन थालेकोमा खुसी व्यक्त गर्दै सेवाको दिगोपनका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले जिल्ला अस्तालका धेरै कुराहरु सुधार भएको र यसलाई दिगो बनाउनका लागि सरोकारवालाले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले जिल्ला अस्पताल अछामबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र बाट सहयोग हुन आवश्यक रहेको बताउनुभएको छ । यसका लागि स्थानीय सरकारले सबैभन्दा बढी जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाई रहेको छ । राज्यबाट नै सबै किसिमका औषधीहरु नआउदा निशुल्क औषधी वितरण गर्न समस्या हुने गरेको बताउनुभयो ।
जिल्लाको स्वास्थ बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन पहल गर्न आवश्यक रहेको र स्थानीय सरकारले स्थानीय नागरिकहरुकाे बिमा गरिदिनु पर्ने कुुरामा जाेड्दिनुभएकाे छ ।
अस्पताल व्यवस्थापन समितिका पुर्ब अध्यक्ष तथा मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बृख बहादुर बोगटीले
आफ्नाे कार्यकालमा अस्पतालकाे सेवा विस्तारकाे कुरामा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयाे। स्थानीय सरकारहरुले पनि अस्पतालकाे विकासका लागि सहयोग गर्नुपर्ने बताउँदै बाेगटीले आफुले गर्न सक्ने सहयोग जहिले पनि गर्न तयार रहेकाे बताउनुभयो ।
सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर कमलेस प्रसाद यादवले हाल सम्मको प्रगति विवरणको बारेमा जानकारी गराउनु भएको थियो भने विगतका भन्दा अहिले जिल्ला अस्पताल अछाममा धेरै कुरामा परिवर्तन आएको सोही अवसरमा जानकारी गराउनुभएको थियो ।
नेकपा एमाले अछामका जिल्ला कमिटी सचिव हिरण्ड प्रसाद भट्राईले अस्पतालको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । जिल्लाका १० वटै पालिकाले सानो सहयोग गरेको खण्डमा जिल्ला अस्पताल अछामबाट प्रदान गरिने सेवाहरुलाई गुणस्तर बनाउन सकिने भएकाले यस्तो कुरामा कञ्जुसाई गर्न नहुने बताउनुभयो ।
नेपाली काग्रेस अछामका कार्यवाह सभापति नयाँराम बजगाईले जिल्ला अस्पताल अछामले प्रदान गरिने सेवाहरु निकै राम्रो भएको बताउनुभयो ।
पहिलेको भन्दा अहिले धेरै कुरामा सुधार गरेको देख्दा आफुलाई निकै खुसी लागेको कार्यवाह सभापति बजगाईले बताउनुभयो । नेपाली काग्रेस यो मुलुकको सबैभन्दा ठुलो पार्टी भएको र अहिले सरकारको जिम्मेवारीमा समेत भएकाले अस्पतालको थप विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य दिपक साउदले जिल्ला अस्पताल अछामबाट प्रदान गरिने सेवालाई गुणस्तर बनाउनु अहिलेको आवश्यक्ता भएको बताउनुभयो । बोल्नु भन्दा पनि काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
पत्रकार मेनुका ढुंगानाले जिल्ला अस्पताल अछाममा राजनितिक थलोबाट मुक्त हुन थालेको बताउनुभएको छ । विगतको भन्दा अस्पतालले दिने सेवामा पनि सुधार आएकाे बताउँदै अगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विभिन्न पाटीका प्रतिनिधि,जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,सराेकारवाल लगायतकाे सहभागीता रहेकाे सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सहजिकारण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियोे ।













Discussion about this post