टेक बहादुर थापा । नेकपा एमाले अछामका नेताहरूले आफूहरू विच कुनै पनि किसिमको मतभेद नभएको दाबी गरेका छन । अछाम जिल्लामा पार्टीलाई थप एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता हो भन्दै नेताहरूले अधिवेशन सकियो अब पार्टी थप सुदृढ बनाएर लैजाने प्रतिबद्धता गरेका हुन । पार्टीलाई चौतर्फी आक्रमण भईरहेको बेलामा फुटेर भन्दा पनि जुटेर पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता रहेको जिल्लाका शिर्ष नेताहरूको जोड थियोे ।
नेकपा एमाले अछामको ९ औ जिल्ला अधिवेशन बाट निर्वाचित नयाँ कार्य समितिको सपथ ग्रहण कार्यक्रममा बोल्ने नेताहरूले ठुलो पार्टीमा संगठन हाक्ने थुप्रै योग्य नेताहरू भएपनि सहमतिका आधारमा नेतृत्व चयन गरिएकाले अब कुनैपनि किसिमको प्रतिसोध नराखी पार्टी निर्माणमा सहयोग गर्ने अधिकांश नेताहरूले प्रतिबद्धता दोहो¥याएका थिए । सपथ ग्रहण कार्यक्रममा बोल्दै नेकपा एमाले अछामका निवर्तमान अध्यक्ष चन्द्र बहादुर बोहराले पुन एक पटक पार्टीको नेतृत्व हाक्ने चाहाना हुदाहुदै पनि नेतृत्वले सहमतिको आधारमा नयाँ कार्य समिति चयन गर्ने बताएपछी आफू सहमतिको बाधक नबनेको बताउनुभयो । पार्टी भित्र व्यक्ति गौण कुरा हो भन्दै निवर्तमान अध्यक्ष बोहराले अब अछाम जिल्लामा नेकपा एमालेलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ ।
आफू नेतृत्वमा हुदा पार्टी भित्र थुप्रै किसिमका कठिनाईहरू आई परेको भन्दै अध्यक्ष बोहराले त्यी सबै चुनौतीको सामना गर्दै पार्टी जोगाएर अघि बढेको बताउनुभयो । जुन बेला पार्टी निकै अफ्ट्यारो थियोे त्यो बेला आफुले नेतृत्व गरेको र त्यो अवस्था अहिले नरहेकाले अब संगठनलाई थप मजबुत बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष बोहराले आफू नयाँ कार्य समितिलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
सोही अवसरमा बोल्दै नेकपा एमालेका पुर्व प्रदेश कमिटी सदस्य एवं अध्यक्षका आकांक्षी बम बहादुर बिसीले यो राजनीतिक यात्रामा आफू कहिले पनि बिचलित नहुने बताउनुभयो । राजनीतिमा यस्ता चुनौती आईरहने भएकाले आफू थप सशक्त भएर अघि बढ्ने बताउनुभयो । निकै भावुक मोडमा देखिनु भएका नेता बिसीले अछाम जिल्लाको कम्युनिस्ट आन्दोलनमा आफ्नो कुनैपनि नेताको भन्दा कम योगदान नभएको भन्दै अछाम जिल्लाको एमालेको संगठनलाई थप बलियो बनाउन सधैं साथ र सहयोग रहने बताउनुभएको थियोे ।
नेतृत्वले आफुलाई अहिले जिम्मेवारी दिन्छकी भन्ने आश थियो, सोही ढंगले तयारीमा पनी गरेको थिए यसपाली पनि आफुलाई जिम्मेवारी बाट बञ्चित गराएको भन्दै उहाले पार्टीले जिम्मेवारी दिएको खण्डमा कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउनुभयो । नेता बिसीले जिम्मेवारी विना काम गर्न असजिलो हुने भन्दै वर्तमान कार्य समितिले आफुलाई कसरी परिचालन गर्छ त्यो हेर्न बाकी रहेको र अझैपनी आफु धैर्य रहेको बताउनुभएको छ ।
सपथग्रहण पछी प्रतिबद्धता मन्तव्य राख्दै नेकपा एमाले अछामका नव निर्वाचति अध्यक्ष शिव प्रसाद उपाध्यायले आफुलाई सर्वसम्मत बनाउन भूमिका खेल्ने सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिनुभएको छ । पार्टी एक व्यक्तिको पहल कमदमीले मात्रै नबन्ने भएकाले यो अभियानमा आफुलाई सबैको साथ र सहयोग रहने विश्वाश व्यक्त गर्नुभएको छ ।
अछाम जिल्लामा अहिले एमाले पार्टी विशेश परिस्थितिमा रहेकाले यो बेला केही चुनौतीपनी देखीएको हुदा यसलाई सामान गर्न आफु तयार रहेको बताउनुभयो । अहिले मुल नेतृत्व बाट केही नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा जोडिएको भन्दै अध्यक्ष उपाध्यायले बाटो बिरायर गएकाहरुलाई मुल नेतृत्वमा फर्काउन आफ्नो विशेष भूमिका रहने अध्यक्ष उपाध्यायको भनाई छ । पुराना नेताहरुको अनुभव र युवाहरुको सृजनशिलतालाई प्रयोग गरेर एकताबद्ध एमाले बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।
बाहिर एमाले अछामले पेलेरै नयाँ कार्य समितिका पदाधिकारीको नाम घोषण गरियो भन्ने हल्ला फैलाईएपनी सबै नेता र आकांक्षीहरु संगको समन्वयमा समितिका पदाधिकारीको नाम घोषण गरिएको नेताहरुले दाबी गरेका छन । अन्य आकांक्षीहरुको असहमती रहेको भए अनेक थरिका कुराहरु बाहिर आउथे होला तर त्यस्तो कुरा कहीकतैपनी नआएको बताएका छन ।
मंगलबार बेलुकी भएको सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले अछामका निर्वतमान अध्यक्ष एवं अध्यक्षका आकांक्षी चन्द्र बहादुर बोहरा, उपाध्यक्ष बल बहादुर कुवँर, सचिव भिम रावल, उप सचिव डम्बर बिसी सपथग्रहण अवधिभर कार्यक्रममा बसेर नयाँ कार्य समितिलाई अबिर खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रिय कमीटी सदस्य तथा जिल्ला ईन्चार्ज झपट बहादुर बोहरा, केन्द्रीय कमीटी सदस्य एवं क्षेत्र न २ का ईन्चार्ज यज्ञ बहादुर बोगटी, केन्द्रीय कमीटी सदस्य एवं क्षेत्र न १ का ईन्चार्ज कमल तिमिलसैना, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी लगायत प्रदेश समितिका सदस्य र अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।













Discussion about this post