अछामका गणेशले हँसियाले आफ्नै घाँटी काटे

47
SHARES
263
VIEWS

अछामका एक जनाले आफ्नै घाँटी काटेका छन्। जिल्लाको बान्निगढी–जयगढ गाउँपालिका–३ जाल्तोलाका ४० वर्षीय गणेश लुहारले आफ्नै घाँटी हँसियाले काटेका हुन।

जिल्ला प्रहरी कार्यालय, अछामले मङ्गलवार दिउँसो आफ्नै घरको आँगनमा हँसियाले आफ्नै घाँटी रेटेका गणेशको मृत्यु भएको बताएको छ। प्रहरीले उनलाई घरबाट घाइते अवस्थामा अस्पताल लगेको थियो। प्रहरीले उनलाई न्याय हेल्थ अस्पताल, बयलपाटामा उपचारका लागि लगेको होे। बयलपाटामा उपचार सम्भव नभएपछि गणेशलाई धनगढी ल्याइएको थियो।

धनगढी आउने क्रममा डोटीको गैरा क्षेत्रमा उनको मृत्यु भएको अछाम प्रहरीले बताएको छ।घटनाको विषयमा थप अनुसन्धान जारी रहेको अछाम प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार