निर्माण सम्पन्न ढकारी खुल्ला मञ्चको भव्य समुद्घाटन हुदै ।

17
SHARES
95
VIEWS

अछाम : गुरुकुल मा वि पूर्व विद्यार्थी समाजको सक्रिय पहलमा निर्माण सम्पन्न भएको ढकारी खुल्ला मञ्चको भव्य समुद्घाटन कार्यक्रम हुने भएको छ । कार्यक्रम यँहि बैशाख १८ गते बिहिबार बिहान १० बजेबाट सुरूहुने भएको हो ।

समुद्घाटन कार्यक्रमलाई ऐतिहासिक र अविस्मरणीय बनाउन आयोजक समितिले ढकारीबासी दाजुभाइ, दिदी बहिनी, आमा बुबा लगायत सबैलाई उपस्थितिका लागि आग्रह गरीएको छ ।

गुरुकुल मावि पूर्व विद्यार्थी समाजले ढकारीको सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधिलाई अझ मजबुत बनाउने उद्देश्यले निर्माण गरेको खुल्ला मञ्च स्थानीय स्तरमै एउटा उदाहरणीय कामको रूपमा हेरिएको छ। मञ्चको निर्माणले ढकारी क्षेत्रको सामाजिक विकासमा नयाँ गति ल्याउने विश्वास गरिएको छ।

समूहिक प्रयास र एकताको बलले बनेको यो मञ्च सम्पूर्ण ढकारीबासीको गौरव धरोहरको रुपमा रहेको आयोजक समितिले जनाएको छ। उक्त अवसरमा विशेष अतिथि, स्थानीय अगुवाहरू तथा समाजसेवीहरू समेतको उपस्थिति रहने भएको छ।

ढकारीलाई समृद्ध र आत्मनिर्भर बनाउने यात्रामा ऐतिहासिक योगदान पुर्‍याउने यो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार