जिल्ला सदस्यमा तिमिल्सैनाको उम्मेदवारी

6
SHARES
31
VIEWS

नेकपा एमाले अछामको जारी जिल्ला अधिवेशनमा छनोट भएका प्रतिनिधिले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन ।

यस बिच कमलबजार नगरपालिका वडा नं ५ का वडा सदस्य समेत रहेका दुर्गा प्रसाद तिमिल्सैनाले जिल्ला कमिटी सदस्य पदका उम्मेदवारी दिने घोषणा गरेक छन ।

रेडियो गाउँघरका समाचार प्रमुख निराजन भण्डारी संग संक्षिप्त कुराकानी गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन ।

तिमिल्सैनाको राजनितीक पृष्ठभूमि
तिमिल्सिना बि.सं २०४८ देखि सक्रिय राजनीतिमा छन । २०४८ देखि २०५३ अनेरास्ववियु जिल्ला कमिटी सदस्य रहेका तिमिल्सैना २०५५ मा परायुसंघको जिल्ला सदस्य भएका थिए ।

२०५८ देखि २०७० सम्म अछाम काठमाडौ सम्पर्क समितिका सहसचिव रहेका उनि २०७९ मा भएको स्थानीय तहको निर्वाचनका वडा नं ५ कुईकाका वडा सदस्यमा निर्वाचित भएका थिए । हाल उनी नेकपा एमाले कमलबजार नगरकमिटी का सचिव समेत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार