जिल्ला सदस्यमा नेपालीले उम्मेदवारी दिने घोषणा

12
SHARES
64
VIEWS

नेकपा एमाले अछामको जारी अधिवेशनमा दलित तर्फ जिल्ला कमिटी सदस्य पदमा राजेन्द्र नेपालीले उम्मेदवारी घोषणा गरेका छन ।

कमलबजार नगरपालिका वडा नं ५ कुईकाका हक्की स्वभावका नेपाली २०४८ सालमा नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन ।उनी २०५५ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका थिए ।

उनी संग २०६१ देखि निरन्तर १० बर्ष कमलबजार नगरपालिका वडा नं ५ ९ साविक कुईका गाउँ कमिटी सचिव भएर काम गरेको अनुभव छ

साथै नगर कमिटी सदस्य, जिल्ला सल्लाहकार समिति सदस्य हुदै हाल वडा कमिटी अध्यक्ष समेत रहेका छन । उनी जिल्ला कमिटी सदस्य दलित तर्फका वलिया प्रतिस्पर्धीका रुपमा छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार