नेकपा एमाले अछामका जिल्ला कमीटी सदस्य नेत्र बहादुर शाहीले पार्टीको ९ औ जिल्ला अधिवेशनमा उप सचिवमा आफ्नो उमेदवारी रहेको जानकारी गराउनु भएको छ ।
आफु विगत देखी पार्टीको राजनितिमा सकृय भएको भन्दै नेता शाहीले उप सचिव पदमा आफ्नो दाबी स्वभाविकै रहने बताउनुभयो । सालीन र भद्र स्वभावका नेता शाहीको पार्टीको संगठन निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
२०४९ साल बाट बिद्यार्थी काल देखि एमाले पार्टीमा आवद्ध भई अनेरा स्ववियुको जिल्ला कमिटी सदस्य पदबाट राजनीति सुरुवात गरी आफ्नो सरल स्वभाव लाई जनविस्वास दिलाउन सफल शाही लामो समय सम्म प्रवास मा रहेर प्रवासी संघ को नगर कमिटी हुदै प्रदेश कमिटी सदस्य भएर काम गर्नु भएको अनुभव पनि छ ।
अखिल नेपाल किसान महासंघ स्थाई कमिटी सदस्य समेत रहनु भएका नेकपा एमाले अछाम जिल्लाको २ कार्यकाल जिल्ला कमिटी सदस्य समेत रहेर काम गरी सक्नुभएको छ । नेता शाहीले आफुलाई विश्वाश गरेर साथ दिन समेत सबैलाई आग्रह गर्नुभएको छ ।













Discussion about this post