टेक बहादुर थापा : अछाम जिल्लाका धार्मिक व्यक्तिहरुले छाउपडी प्रथा, जातीय छुवाछुत, बालविवाह न्युनिकरण लगायत सामाजिक कुरीति अन्त्य गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । अहिले पनि समुदायमा विभिन्न किसिमका सामाजिक कुरितीहरुको कारण नागरिक हरुले दुख्ख पाईरहेको भन्दै यस्ता सामाजिक समस्याकै रुपमा रहेका कुरीतिको अन्त्य गर्ने सहयोग गर्ने बताएका हुन ।
सामाजिक विकास कार्यालय अछामले शनिबार मंगलसेनमा आयोजना गरेको बालविवाह, हिंसा विभेद र सामाजिक कुरिति निवारणका लागि धार्मिक व्यक्तिहरुसंगको अन्र्तक्रिया कार्यक्रममा सहभागि जिल्लाका धर्मिक व्यक्तिहरुले यस्ता कुरीतिका कारण जिल्लाकै बदनाम भएकाले अब यस्ता कुरीतिको अन्त्य गर्न धार्मिक व्यक्तिहरुले नेतृत्वदायी भूमिका खेल्ने बताएका थिए । छाउपडी प्रथा, जातिय छुवाछुत अरु व्यक्तिले पनि मान्ने गरेको तर यसमा धामी झाक्रि र धार्मिक व्यक्तिहरुलाई बढी दोस दिने गरेको भन्दै अब आफुहरु अभियान संचालन गर्न तयार रहेको तर यसमा स्थानीय सरकार सहित अन्य सरोकारवालाले पनि साथ दिनुपर्नेमा जोड दिएका थिए ।
यस्ता सामाजिक सभा समारोहमा महिला, बालबालिका, दलित र पछाडी परेका समुदायको मात्रै उठ्ने गरेको भन्दै धार्मिक व्यक्तिहरुले धामी र पूजारीका समस्याका बारेमा कहिकतै पनी बहस नभएको गुनासो समेत गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश धार्मिक व्यक्तिहरुले सचेतना फैलाउनका लागि हामी तयार छौ त्यसका लागि गर्नुपर्ने कामहरु पनी गर्छौ र आफुहरुका समस्या पनी सुनीदिनुपर्ने उनीहरुको माग छ । पछिल्लो समयमा धार्मिक व्यक्तिहरु धेरै कुरामा परिवर्तन भईसकेकाले यसको अगुवाइ स्थानीय सरकारले गर्नुपर्ने र आफुहरु त्यसमा साथ दिन तयार रहेको प्रतिबद्धता समेत जनाएका छन । यसका लागि अछाम जिल्लाका सरोकारवालाहरुले बृहत कार्यक्रमको आयोजनागरि विशेष योजना बनाउन आवश्यक रहेको बताएका छन ।
सामाजिक विकास कार्यालय अछामले जिल्लाका १० वटै पालिकामा रहेका धार्मिक व्यक्तिलाई भेला गराई अन्र्तक्रिया गरेकोमा धन्यवाद दिदै यस्ता कार्यक्रमलाई स्थानीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन । सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर, अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अम्बादत्त जोशी, जिल्ला समन्वय समिति अछामका सदस्य पूर्ण बहादुर रावल लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षा विकास तथा समन्वय इकाइ अछाम प्रास मदन बहादुर बिष्टले गर्नुभएको थियो ।













Discussion about this post