निराजन भण्डारी । तुर्माखाँद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा धर्मराज खत्री हाजिर भएका छन ।
बिहिबार पालिकाकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी खत्रीलाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाहीले सेवाग्राहीहरूलाई सहज तरिकाले सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो ।
सबै सँगको समुन्वय सहकार्यमा आफना कामकाज अगाढी बढाउने प्रतिबद्धता जनाउदै हाकिम खत्रीले यस्ता कार्यमा सबैको साथ सहयोग रहने अपेक्षा गर्नुभयो ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका खत्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा कार्यरत रहनुभएको थियो ।
नयाँ हाकिम कार्यालयमा आएसँगै सेवाग्राहीहरूलाई गाउँपालिकाबाट हुने भुक्तानी,सम्झौता,सिफारिस लगायतका अन्य कामहरू गर्न सजिलो हुने भएको छ ।













Discussion about this post