टेक बहादुर थापा : अछामको कमलबजार नगरपालिकाले बान्नीगढी जयगढ गाउँपालिकाका अग्नी पिडितलाई एक लाख रुपैया सहयोग गर्ने भएको छ ।
बुधबार पालिकामा बसेको कार्यपालिकाको बैठकले गत चैत २६ गते आगलागी बाट क्षति व्यहोरेका पिडितलाई एक लाख दिने निर्णय गरेको नगर प्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनुभएको छ । अग्नी पिडितको घाउमा मलहम लगाउने उदेश्यका साथ पालिकाले सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख ढकालको भनाई छ ।
गएको चैत्र २६ गते साँझ आगलागी हुँदा जयगढ बजारमा रहेको २५ वटा घर तथा टहरा र तिनमा संचालित ३५ वटा पसलहरु पूर्ण रुपमा ध्वस्त भएका थिए । उक्त आगलागीबाट ८ करोड बढिको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।













Discussion about this post