टेक बहादुर थापा : बैशाख ११ गते सदरमुकाम मंगलसेनमा विविध बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा प्रचार प्रसार गर्ने उदेश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
सुदुरपश्चिम प्रज्ञा प्रतिस्ठान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला शाखा अछामको आयोजनामा विविध साँस्कृतिक कार्यक्रम सहित प्रत्यक्ष देउडा खेल समेत हुने आयोजकले जनाएको छ । मंगलसेनको खुलामंचमा हुने कार्यक्रमको सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष देबेन्द्र प्रसाद भाटले रेडियो गाउँघरलाई जानकारी दिनुभएको छ ।
सांस्कृतिक कार्यक्रममा बृहत न्याउले खेल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुका प्रस्तुती रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा घोडा नाच, पर्छो, न्याउले खेल लगायत हास्य प्रस्तुती मुख्य आकर्षकको रुपमा रहने बताईएको छ ।
उक्त कार्यक्रममा कलाकारहरु जनक साउद, गोविन्द बिष्ट, दिर्घराज भाट, भोजराज भाट, जनक कार्की, रुपक परियार, हर्क बिरही, महेन्द्र बिसी, लक्ष्मण मयाल, आर्य भाटा, मनोज कडायत लगायतका कलाकारहरुको प्रस्तुती रहने भएकाले कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।













Discussion about this post