डोटीमा मिनीट्रक दुर्घटना , तीनजनाको घटनास्थलमै मृत्यु ।

5
SHARES
30
VIEWS

अछाम : डोटीमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको जोरायाल गाउँपालिका– १ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका २ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

कैलालीको धनगढीबाट बझाङतर्फ जादैगरेको सु.प.प्र.०१ ००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर बुधवार बिहान दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार