टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा न १ मा आज बाट वडा स्तरिय भलीबल प्रतियोगिता सुरु भएको छ । भट्टे मालिका युवाक्लबको आयोजना र वडा न १ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष बृख बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लोकराज नाथ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यपालिका सदस्य हंस थापा विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्य समिति सदस्य टेकराज नाथ, नेकपा एमालेका जिल्ला कमीटी सदस्य भिम बहादुर राना, नेकपा माओवादी केन्द्रका कमल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका तारा साउद, नेपाल कम्युनिष्ट पार्टीका एकेन्द्र नाथ, वडा सदस्य सिद्ध बहादुर थापा, चन्द्रकला जैगडी लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा वडा न १ र २ का गरि ७ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमको संचालन वडा सचिव सिद्धराज ढुंगानाले गर्नुभएको थियो । वडामा प्रतियोगिताको आयोजना हुदा वडाका युवाहरु खुसी भएका भट्टे मालिका युवा क्लबका अध्यक्ष बृख बहादुर रानाले बताउनुभएको छ ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नका लागि आयोजना गरिएको प्रतियोगिताले राम्रो सन्देश दिएको भन्दै युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ । रेडियो गाउँघर संग कुराकानी गर्दै वडा अध्यक्ष लोकराज नाथले आफु निवाचित भए देखिनै वडामा युवाहरुलाई लक्षित गर्दै विभिन्न किसीमका प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।
यसपाली पनी वडा स्तरिय भलिबल प्रतियोगिताको आयोजनाहुदा युवाहरुको उत्साहजनक ढंगबाट सहभागिता रहेको उहाको भनाई छ । वडा अध्यक्ष नाथले वडाका खेलाडीहरुलाई अन्य ठाउमा पनी पु¥याउने उदेश्यले आगामी दिनमा थप युवाहरुको चाहान बमोजिमका कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताउनुभएको छ । प्रतियोगिताका फाइनल खेल भोली बिहान बाट सुरुहुने आयोजकले जनाएको छ ।













Discussion about this post