मंगलसेनद्धारा अग्नी पिडितलाई सहयोग हस्तान्तरण

10
SHARES
57
VIEWS

टेक बहादुर थापा ।मंगलसेन नगरपालिकाले बान्नीगढी जयगढ गाउँपालिकाका अग्नी पिडितलाई दिने रकम हस्तान्तरण गरेको छ । पिडितलाई एकद्वार प्रणाली बाट राहत वितरण गर्ने उदेश्यले जिल्ला विपद व्यवस्थापन समितिको कोषमा पालिकाले दिने १ लाख ५० हजार र नगर प्रमुख पदम बहादुर बोहराले घोषण गर्नुभएको एक महिनाको तलब ३४ हजार ६ सय ५० रूपैयाँ कोषमा जम्मा गरिदिएको हो ।

नगरपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले अग्नी पिडितलाई १ लाख ५० हजार रुपैया सहयोग गर्ने निर्णय गरेको थियो । रकम बुझदै प्रमुख जिल्ला अधिकारी आनन्द सारू ले उक्त रकम तत्काल विपद व्यवस्थापन समितिको बैठकको आयोजना गरी पालिकाको खातामा जम्मा गरिदिने बताउनुभएको छ ।

विभिन्न निकायबाट आएको राहत रकम पारदर्शि ढंगले पिडितलाई उपलब्ध गराउन गाउँपालिका संग निरन्तर समन्वयमा रहेको प्रमुखजिल्ला अधिकारी सारुको भनाई छ । रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी र लेखा अधिकृत बिष्णु प्रसाद उपाध्यायको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार