दैलेखमा भव्य सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ सुरु

5
SHARES
29
VIEWS

दैलेख । स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, पर्यटन क्षेत्रको र व्यापारू भन्ने मूल उद्देश्यका साथ दैलेखमा दैलेख सांस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको छ। चैत २७ गतेदेखि सुरु भएको महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। १० दिनसम्म चल्ने यस भव्य महोत्सवले दैलेखको सांस्कृतिक, धार्मिक र पर्यटन क्षेत्रको प्रचारप्रसारमा विशेष योगदान पुर्याउने आयोजकको विश्वास छ।

यस महोत्सवको आयोजना नारायण नगरपालिका, दैलेखको संरक्षणमा गरिएको हो भने कार्यक्रमको व्यवस्थापन भावना एंटरटेनमेन्ट प्रा.लि ९ लम्की चुहा, कैलाली ले गरेको हो। साथै, घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल दैलेख सह–आयोजकको रूपमा रहेका छन्। कार्यक्रमको प्रचारप्रसारमा स्वच्छ शहंर रेडियो मातृभूमि संलग्न छन्।टिकट दरमा भिन्नता प्रवेश शुल्कका लागि दुई प्रकारका टिकट उपलब्ध छन्। पहिलो टिकटको दर रु। १०० रहेको छ चैत्र २७ गते दखि वेशाख १ गते सम्म भने अर्को टिकटमा रु। २०० निर्धारण वेशाख २ गते गरिएको छ जसमा टिकटमा फरक दर कायम हुनुको कारण “करसहित” उल्लेख गरिएको छ।टिकटमा फरक दर कायम हुनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर केहि आमनागरिको चौतार्फि दबाब पछि पुन टिकट रु १०० रुपैयाँको टिकट उपलब्ध छन्। ।

विविध कार्यक्रम र आकर्षणहरू महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, जातीय तथा क्षेत्रीय सांस्कृतिक झाँकी, परम्परागत लोक नृत्य तथा संगीत, बालबालिकाका लागि झूला र मनोरञ्जनका कार्यक्रम, घरेलु तथा लघु उद्योगसँग सम्बन्धित स्टलहरूको प्रदर्शनी लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिएको छ। स्थानीय उत्पादन, कृषि तथा हस्तकला सामग्रीको बजार विस्तारमा महोत्सवले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।पर्यटन प्रवर्द्धनमा योगदान दैलेख ऐतिहासिक तथा प्राकृतिक सम्पदामा धनी जिल्ला हो। यहाँका धार्मिक स्थलहरू, प्राचीन मठमन्दिर, जलप्रपात, गुफा, अनि सांस्कृतिक विविधता पर्यटकलाई आकर्षण गर्ने खालका छन्। यस्ता सम्पदाको प्रचार र प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने स्थानीयवासीको विश्वास छ।

स्थानीय सहभागिता महोत्सवमा दैलेख जिल्ला भित्रका विभिन्न वडास्तरका स्थानीय संघ–संस्थाहरू, विद्यालय, महिला समूह, युवा क्लब तथा कृषि समूहहरूको सक्रिय सहभागिता रहनेछ। स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रीले समुदायमा आयआर्जनमा सहयोग पुग्नेछ। महोत्सवको माध्यमबाट स्थानीय कला, संस्कृति, पहिचान र पर्यटन सम्भावनाको उजागर हुने र युवाहरूमाझ पनि रचनात्मकता तथा नेतृत्व विकास हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार