निराजन भण्डारी अछाम । २०८१ साल अछाममी जनताको लागि मध्यम बर्ष बनेको छ । यो एक बर्षलाई हरेक दृष्टिकोणले समिक्षा गर्दा अछाममी जनता र अछामका लागि ८१ साल मध्यम स्तरको बर्ष बन्न पुगेको हो ।अनेक उतारचढावका बीच आज मध्य रातिबाट २०८१ साल बिदा भएर नयाँ वर्ष २०८२ साल प्रारम्भव हुँदैछ । नेपालीहरूको घर आँगनबाट बिदा हुदै गरेको वर्षमा अछाममा पनि केही महत्त्वपूर्ण विकास निर्माणका काम भएका छन भने केही अप्रिय दुखदायी घटना पनि घटेका छन ।
सकारात्मक र नकारात्मक दुवै किसिमका घटना परिघटना तथा विकास निर्माणका गतिविधि हेर्दा अछाममीको लागि २०८१ साल मध्यम बर्ष बन्न पुगेको हो । जस अन्तर्गत अछाममा १ बर्षको अवधिमा बर्षाै देखि अलपत्र परेका योजनाका काम पनि सम्पन्न भएका छन । यसको जलन्त उदाहरणको हो अछाम दरबार । पुनर्निर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबारको उद्घाटन गरिएको छ ।
२०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको अछाम दरबार ध्वस्त भएको थियो । दरबारको निर्माण कार्य सम्पन्न भइसकेपछि फागुन १९ गते नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गर्नुभएको थियो ।
यस्तै नेपालका चार धाम मध्येको एक अछामको बैद्यनाथ धाममा १ सय ४४ बर्षपछि कोटिहोम समेत लागेको थियोे । धर्म संस्कृतिको जगेर्ना तथा आन्तरिक पर्यटनलाई बढाउने उद्देश्यले आयोजना गरिएको कोटिहोमलाई अछाम जिल्लाका लागि एक महत्त्वपूर्ण कामको रूपमा लिन सकिन्छ । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको चिसापानी जंगलघाट बडिमालिका सडक स्तरोन्नति आयोजनाको निमार्ण कार्य अन्तिममा चरणमा पुगेको छ ।
सडक स्तरोन्नतिको काम यतिबेला तीव्र गतिमा सञ्चालन भईरहेको छ । चिसापानी जंगलघाट बडिमालिका अन्तर्गतको गैरिटाँड कमलबजार बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रेको कामको पहिलो चरण अन्तर्गत यति वेला प्राइमर छर्ने काम भइरहेको पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माले जानकारी दिनुभयो ।
कमलबजार विमानस्थलमा निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान हुने भनिपनि अहिलेसम्म सफल उठान हुन सकेको छैन । निर्माण सुरु भएको लामो समय सम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान गर्ने तयारी रहेको थियो । तर परीक्षणकेै दिन बर्षा भएको कारण अहिलेसम्म विमानस्थलमा परीक्षण उडान हुन नसकेको हो ।
नियमित बिमान सञ्चालन गर्न केही समय अघि जिल्लाका स्थानीय तह सहमत भएका थिए तर अहिले उनीहरू पनि सुस्ताएका छन । बिमान चड्ने यहाँका नागरिकको चाहाना पनि अहिले तुहिएर गएको छ । साँफेबगर विमानस्थल यतिबेला पूर्ण रुपमा बन्द रहेको छ । २०७५ जेठमा परीक्षण उडान सफल भएर केही समय नियमित रुपमा चलेको विमानस्थल फेरी बन्द भएको हो ।
समीट एयरलाइन्सले ठेक्का प्रक्रियामा गएर करिब ५ वर्षदेखि साँफेबगर–धनगढी र साँफेबगर–नेपालगंज उडान गरिरहेको थियो । तर पहिले ठेक्का लिएर चलाएकोले छोडेपछि अर्को ठेक्का लिने मान्छे नभेटिएकाले नियमित उडान हुन नसकेको समीट एयरलाइन्स साँफेबगरका सम्पर्क व्यक्ति विजय कुवँरले जानकारी दिनुभएको छ ।
२०८१ मा केही महत्त्वपूर्ण विकास निर्माणका काम भएपनि यो अवधीमा केही अप्रिय दुखदायी घटना पनि घटेका छन । जस अन्तर्गत अछाम जिल्लाको ढकारी गाउँपालिकामा जङ्गलमा बाख्रा चराउन गएकी २ जना किशोरी मृत भेटिनु पनि एक पिडा दायीक घटना थियो । वडा नम्बर ८ की १४ बर्षीया इशरा खड्का र १५ बर्षीया सरस्वती खड्का बाख्रा चराउन जङ्गलमा गएको तर घर नर्फिएपछि खोजी गर्दा ढकारी गाउँपालिका वडा नम्बर १ को छिन्ने ओडार नजिक मृत भेटिएकी थिइन जुन घटना अछाम जिल्लाको लागि निकै बहसको बिषय बनेको थियो ।
नयाँ बर्ष आउन केही दिन बाँकी रहदै जयगढ बजारमा आगलागी भएको थियो । ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको जयगढ बजारमा ७ करोड भन्दा बढी क्षति भएको अछाम प्रहरीले जनाएको छ । आगलागी कारण जयगढ बजारमा रहेका २७ वटा घर पसल जलेर नष्ट भएका थिए भने ७ करोड भन्दा बढी क्षति भएको थियो । स्थानीय पुष्पराज शर्माको आइएमइ सेन्टरबाट भएको आगलागी ५ घष्टापछि मात्र नियन्त्रणमा आएको थियो ।













Discussion about this post