हावाहुरी र चट्याङले गर्दा मंगलसेन ६ र १३ मा क्षति

32
SHARES
177
VIEWS

निराजन भण्डारी । शुक्रबार राती आएको हावाहुरीले गर्दा मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका लाल नेपालीको घरमा क्षति पुगेको छ ।

हावाहुरीले नेपालीकाे माटाे ढुङ्गाले बनेकाे घरमा लगाइएकाे टिनका पाता उठाएको स्थानीय धनविर नेपालीले जानकारी दिनुभयो ।

यता मंगलसेन नगरपालिका वडा नम्बर ६ मा चट्याङ लागेर १ बाख्राे मरेकाे छ । शुक्रबार राती घर नजिकै परेकाे चट्याङले गर्दा स्थानीय प्रेम प्रसाद भण्डारीकाे १ बाख्राे मरेकाे हाे ।

हावाहुरी सहितकाे चट्याङले गर्दा कुन ठाउँमा कति क्षति पुर्याएकाे छ यस बारेमा थप विवरण संकलन भइरहेको अछाम प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार