नेकपा सुदूरपश्चिमले आगलागी पिडितलाई खाद्यान्न सहयाेग गर्ने

10
SHARES
56
VIEWS

नेपाल कम्युनिस्ट पाटी सुदूरपश्चिम प्रदेश कमिटीले अछामकाे
जयगढ बजारका आगलागी पिडितलाई खाद्यान्न सहयाेग गर्ने
निर्णय गरेकाे छ ।

धनगढीमा जारी प्रदेश कमिटीकाे बैठकले आगलागी पिडितलाई चामल,आलु लगायतका खाद्यान्न सहयाेग गर्ने निर्णय गरेकाे हाे ।

आफ्नै पाटीले उत्पादन गरेकाे चामल र आलु प्रत्येक आगलागी पिडितलाई एक-एक कट्टाका दरले वितरण गरिने नेपाल कम्युनिस्ट पाटीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सचिव निरक सिले जानकारी दिनुभयो ।

ग्यासको सिलिण्डर पड्किएर गत मंगलबार जयगढ बजारमा
आगलागी भएको थियोे ।

आगलागीका कारणले गर्दा बजारमा रहेका २७ वटा घर पसल जलेर नष्ट हुँदा ७ करोड भन्दा बढीकाे क्षति भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार