अछाममा हावाहुरी बाट विद्यालय र घरमा क्षति

20
SHARES
113
VIEWS

निराजन भण्डारी अछाम । बुधबार राती आएकाे हावाहुरी र चट्याङका कारणले अछामका विभिन्न स्थानका घर र विद्यालयको छाना उडाएको छ भने बाली नालीमा समेत क्षति पुर्‍याएको छ ।

बुधबार राती आएको हावा हुरी सहितकाे चट्याङले जिल्लाकाे साँफेबगर नगरपालिका वडा नम्बर ४ का गोरख थापाको घरमा बिद्युतको मिटर बक्स,राउटर र तारमा क्षति पुर्‍याएको हाे ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार हावाहुरीले तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ मा रहेको सरस्वती निम्न माध्यामिक विद्यालय ढाङ्टा,र नवदुर्गा आधारभुत विद्यालय जाम्पानीको २ कोठे भवनमा लगाएको टिनकाे पाता पनि उडाएको छ।

उता चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुङ्ग्राका शंकर भुलको २ काेठे ढुङ्गा माटोले बनेको स्लेटले छाएको घरको स्लेट हावाहुरीले झारिदिएकाे छ भने मेल्लेख गाउँपालिका वडा नम्बर १ भट्टेखोलाका पाउने बिकको २ तले ढुङ्गा माटोले बनेकाे टिनले छाएको घरको टिन पनि उठाएको छ ।

यस्तै चट्याङ लागेर रामारोशन गाउँपालिका ६ भाटाकाटियाका सर्प बहादुर साउद र लोक बहादुर साउदले पालेका १३ वटा भेडाहरु मरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयाे ।

अहिलेसम्म हावाहुरी र चट्याङका कारणले मानवीय क्षती नभएको बताउदै डिएसपी भण्डारीले अन्य ठाउँमा के कति क्षति भएकाे छ यस बारेमा विवरण संकलन कार्य जारी रहेकाे बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार